7 years ago
April 5, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलुकद पत्रकार मञ्च (एनएसजेफ) को अध्यक्षमा दुर्गानाथ सुवेदी (देवेन्द्र) निर्वाचित भएका छन् ।

राजधानीमा शुक्रबार भएको मञ्चको १५औं चुनावी साधरणसभाले दुर्गानाथ सुवेदी (देवेन्द्र) को अध्यक्षमा तीन वर्षको लागि नयाँ कार्यसमिति चयन गरेको हो । देवेन्द्रले अध्यक्षका प्रत्यासी प्रकाश तिमल्सिनालाई १४ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भए । देवेन्द्रले ५५ तथा प्रकाशले ४१ मत प्राप्त गरे ।
प्रथम उपाध्यक्षमा संजीव शिल्पकार निर्विरोध निर्वाचित हुँदा दुई उपाध्यक्षमा ध्रुव तुलाधर र निरञ्जन अधिकारी निर्वाचित भए । ध्रुबले ७१ र निरञ्जनले ५७ मत पाए । अर्का प्रत्यासी श्रीलोचन राजोपाध्यायले ४१ मत पाएका थिए ।
महासचिवमा प्रज्वल ओली निर्वाचित भए । प्रज्वलले ६३ मत पाए । उनका प्रत्यासी पवन आचार्यले ३३ मत ल्याए । सचिवमा गोविन्द रेग्मी निर्वाचित भए । गोविन्दले ५८ मत पाए । अर्का प्रत्यासी आदर्श ढकालले ३८ मत ल्याए । कोषाध्यक्षमा अञ्जन खड्का निर्विरोध निर्वाचित भए ।
महिला सदस्यमा मुना कार्की निर्विरोध निर्वाचित भईन् । तीन सदस्य पदका लागि भएको निर्वाचनबाट निर्वाचित दिलबहादुर तामाङले ५०, हिमविक्रम केसीले ४४ र अनिल मल्ल ठकुरीले ३६ मत पाए । सदस्य पदका लागि सातजनाको उम्मेद्वारी परेको थियो । साधारण सभामा मञ्चका ९८ सदस्य मध्ये ९६ जना सदस्यको सहभागिता रहको थियो । यसअघि चुनावी साधारण सभाको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशब कुमार बिष्टले उदघाटन गरेका थिए ।
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]