default_image

12 months ago

December 14, 2024

उद्घाटन खेलमा भद्रपुर र दमक खेल्ने

359 views

0 Bookmark

हिमाल खरेल, बिर्तामोड

दोस्रो संस्करणको बर्खा स्मृति झापा जिल्ला अन्तरपालिका टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा भद्रपुर नगरपालिका र दमक नगरपालिकाले खेल्ने भएका छन् ।

आज प्रतिष्ठानको कार्यालय बुधबारेमा भएको पत्रकार सम्मेलनमार्फत खेल तालिका सार्वजनिक गरिएको छ । प्रतियोगितामा सहभागी झापाका १५ वटै पालिकाका प्रतिनधिबीच टाइसिट ड्र गरिएको प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईंले जानकारी दिए ।

बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिको आयोजनामा यही माघ ११ गतेदेखि १९ गतेसम्म बुद्धशान्ति ३ स्थित पेट्रोल पम्प छेउको खुला मैदानमा हुने प्रतियोगिताको दोस्रो दिन बिर्तामोड नगरपालिकाले कमल गाउँपालिकाको सामना गर्नेछ ।

त्यस्तै, माघ १२ गते कनकाई नगरपालिकाले बाह्रदशी गाउँपालिकाविरुद्ध खेल्दा माघ १३ गते शिवसताक्षी नगरपालिका र झापा गाउँपालिका तथा मेचीनगर नगरपालिका र हल्दिबारी गाउँपालिका भिड्ने छन् ।

माघ १४ गते बुद्धशान्ति गाउँपालिकाले गौरादह नगरपालिका र गौरीगञ्ज गाउँपालिकाले कचनकवल गाउँपालिकाको सामना गर्नेछन् । अर्जुनधारा नगरपालिकाले बाइ पाएको छ ।

प्रतियोगिताको विजेताले १ लाख ५० हजार र दोस्रो टोलीले ७५ हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउने अध्यक्ष प्रसाईंले बताए ।

खेलको प्लेयर अफ दि म्याचलाई ३ हजार, सेमिफाइनलको प्लेयर अफ दि म्याचलाई ५ हजार र फाइनलको दिन ७ हजार तथा प्लेयर अफ दि सिरिजलाई १३ हजार रुपैयाँ पुरस्कार दिइनेछ ।

यसअघि फागुन २ गतेदेखि १२ गतेसम्म भएको पहिलो संस्करणको प्रतियोगिताको उपाधि बिर्तामोड नगरपालिकाले जितेको थियो । यसैबीच, प्रतियोगिताको दौरान भारतीय महिला टिम र नेपाली महिला टिमबीच दुई खेल हुनेछ ।

खेल तालिका सार्वजनिक कार्यक्रममा बुद्धशान्ति गाउँपालिकाका खेलकुद विकास समितिका अध्यक्ष पर्शुराम चेम्जुङ, झापा जिल्ला क्रिकेट संघका अध्यक्ष प्रविण थापा, झापा जिल्ला फुटबल संघका वरिष्ठ उपाध्यक्ष मनेष दाहाल लगायतको उपस्थिति रहेको थियो ।

खेलकुदसँगै सामाजिक कार्यमा अग्रसर रहेको प्रतिष्ठानले गत वर्षमा गरेका कामको प्रतिवेदन अध्यक्ष प्रसाईंले कार्यक्रममा प्रस्तुत गरेका थिए ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.