1 year ago
December 14, 2024
हिमाल खरेल, बिर्तामोड
दोस्रो संस्करणको बर्खा स्मृति झापा जिल्ला अन्तरपालिका टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा भद्रपुर नगरपालिका र दमक नगरपालिकाले खेल्ने भएका छन् ।
आज प्रतिष्ठानको कार्यालय बुधबारेमा भएको पत्रकार सम्मेलनमार्फत खेल तालिका सार्वजनिक गरिएको छ । प्रतियोगितामा सहभागी झापाका १५ वटै पालिकाका प्रतिनधिबीच टाइसिट ड्र गरिएको प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईंले जानकारी दिए ।
बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिको आयोजनामा यही माघ ११ गतेदेखि १९ गतेसम्म बुद्धशान्ति ३ स्थित पेट्रोल पम्प छेउको खुला मैदानमा हुने प्रतियोगिताको दोस्रो दिन बिर्तामोड नगरपालिकाले कमल गाउँपालिकाको सामना गर्नेछ ।
त्यस्तै, माघ १२ गते कनकाई नगरपालिकाले बाह्रदशी गाउँपालिकाविरुद्ध खेल्दा माघ १३ गते शिवसताक्षी नगरपालिका र झापा गाउँपालिका तथा मेचीनगर नगरपालिका र हल्दिबारी गाउँपालिका भिड्ने छन् ।
माघ १४ गते बुद्धशान्ति गाउँपालिकाले गौरादह नगरपालिका र गौरीगञ्ज गाउँपालिकाले कचनकवल गाउँपालिकाको सामना गर्नेछन् । अर्जुनधारा नगरपालिकाले बाइ पाएको छ ।
प्रतियोगिताको विजेताले १ लाख ५० हजार र दोस्रो टोलीले ७५ हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउने अध्यक्ष प्रसाईंले बताए ।
खेलको प्लेयर अफ दि म्याचलाई ३ हजार, सेमिफाइनलको प्लेयर अफ दि म्याचलाई ५ हजार र फाइनलको दिन ७ हजार तथा प्लेयर अफ दि सिरिजलाई १३ हजार रुपैयाँ पुरस्कार दिइनेछ ।

यसअघि फागुन २ गतेदेखि १२ गतेसम्म भएको पहिलो संस्करणको प्रतियोगिताको उपाधि बिर्तामोड नगरपालिकाले जितेको थियो । यसैबीच, प्रतियोगिताको दौरान भारतीय महिला टिम र नेपाली महिला टिमबीच दुई खेल हुनेछ ।
खेल तालिका सार्वजनिक कार्यक्रममा बुद्धशान्ति गाउँपालिकाका खेलकुद विकास समितिका अध्यक्ष पर्शुराम चेम्जुङ, झापा जिल्ला क्रिकेट संघका अध्यक्ष प्रविण थापा, झापा जिल्ला फुटबल संघका वरिष्ठ उपाध्यक्ष मनेष दाहाल लगायतको उपस्थिति रहेको थियो ।
खेलकुदसँगै सामाजिक कार्यमा अग्रसर रहेको प्रतिष्ठानले गत वर्षमा गरेका कामको प्रतिवेदन अध्यक्ष प्रसाईंले कार्यक्रममा प्रस्तुत गरेका थिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]