7 years ago
May 8, 2019
काठमाडौं (हाम्रो खेलकुद) – शिलापत्र र जनता टेलिभिजन नेपाल आइस आन फुटसल प्रतियोगिताको प्रिक्र्वाटर फाइनलमा पुगेका छन् ।

गोखरापत्र संस्थानबाट वाकओभर पाएपछि शिलापत्र समूह ‘सी’ को विजेताका रुपमा अघि बढेको थियो । सानेपास्थित फिल्ड फुटसलमा त्यसअघि शिलापत्रले जनता टिभीलाई ३–१ र एबीसी टेलिभिजनलाई ५–० ले हराएको थियो ।
अर्को खेलमा एबीसीलाई १–० ले हराएको र गोखरापत्रबाट वाकओभर पाएपछि जनता टिभि समूहको उपविजेताका रुपमा अन्तिम १६ मा पुगेको थियो ।
त्यस्तै समूह ‘डी’ बाट वेलकम एडभरटाईजिङ एण्ड मार्केटिङ र मुक्तिनाथ विकास बैंक अन्तिम १६ मा पुगेका । मुक्तिनाथविकास वैंकलार्ई ७–१ गोलअन्तरले हराएको वेलकमले अर्को खेलमा मेडिसिटी अस्पताललाई १–० पराजित गर्यो ।
अर्को खेलमा वेलकमले अभानीमाथि ६–१ ले हरायो । वेलकम समूह विजेता रुपमा अगाडि बढेको हो । अभानीलाई २–० ले हराएको मुक्तिनाथ बैंकले अर्कोे खेलमा मेडिसिटी अस्पतालसँग गोलरहित बराबरी खेलेको थियो ।
नेपाल विज्ञापन संघ आनको आयोजनामा जारी प्रतियोगितामा बिहीबार समूह ‘ए’ र ‘बी’का खेलहरु हुने छन् । समूह ‘ए’ माहिचहाइकर ट्राभल्स, सगरमाथा टिभी, सफ्ट नेप र सर्वोत्म सिमेन्ट रहेका छन् । समूह ‘बी’मा भोग एड एण्डइभेन्ट, बराहज्वेलर्स, आउटरिच र म्याक्स मिडिया रहेका छन् ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]