default_image

7 years ago

May 26, 2019

‘अब तेक्वान्दो संघ एउटा मात्र हुनेछ’- सदस्य सचिव विष्ट

222 views

0 Bookmark

प्रकाश तिमल्सिना, काठमाडौं

केहि वर्षयता नेपालमा तेक्वान्दो खेल विवादमा रहँदै आएको छ । नेपालका लागि अन्तर्राष्ट्रिय क्षेत्रमा सबैभन्दा सफल खेल हुनका बाबजुद पछिल्लो समय तेक्वान्दोको आधिकारिताको विषय विवादको कारण बन्दै आएको छ । एउटै खेलका दुई संघ राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा दर्ता भएका कारण पनि तेक्वान्दो विवादमा छ ।

राखेपका यसअघिका सदस्य सचिव युवराज लामाको समयमा ( विस २०६७) तेक्वान्दो युनियन (राष्ट्रिय तेक्वान्दो युनियन) दर्ता दिएपछि प्रत्येक अन्तर्राष्ट्रिय प्रतियोगिताका दौरान विवाद चुलिने गरेको छ । नेपाल तेक्वान्दो संघ वर्षौ देखि अस्तित्वमा छ । जसको नेतृत्वमा संगिना वैद्यले सन् २००४ र दीपक विष्टले २००८ को ओलम्पिक छनोट भएर खेलेका थिए । नेपालको खेलकुद इतिहासमै छनोट भएर ओलम्पिक खेल्ने संगिना र दीपक मात्रै हुन् ।

लामो समयदेखि राखेपले यस विवादको स्थायी समाधान भने निकाल्न सकेको छैन । राखेप सदस्य सचिव केशवकुमार विष्टले भने अब विवाद चाँडै अन्त्य हुने र तेक्वान्दो संघ एउटा मात्र रहने दाबी गरेका छन् । उनले हाम्रो खेलकुदसँग भने, ‘म तपाईहरुको सञ्चारमाध्यममार्फत प्रष्ट पार्न चाहन्छु । तेक्वान्दो अब एउटा मात्र रहन्छ । ’

विगतमा समस्या समाधानका लागि केहि समस्या रहेको स्वीकार गर्दै विष्टले अब आफु जोखिम उठाएर भएपनि तेक्वान्दो एउटै बनाउनेमा दृढ रहेको बताए । ‘ म फेरि सदस्य सचिव भएर आउने भए भने केहि महिना लाग्ला । यदि म आउने सम्भावना भएन भने, म यो विवादको अन्त्य गर्नेछु । तेक्वान्दो संघ अब एउटै हुनेछ’, उनले भने, ‘सके सम्म दुवै पक्षलाई राखेर विवाद समाधान गर्नेछु । यदि त्यो सम्भव भएन भने कुन आधिकारिक, कुनले काम गरको छ, कसलाई अन्तर्राष्ट्रिय मान्यता छ । त्यो सबैलाई थाहा छ, त्यसका आधारमा हामी निर्णय लिनेछौं । जाने अघिल्लो दिन भएपनि निर्णय गरेर जानेछु । ढुक्क हुनुहोस् तेक्वान्दो एउटा मात्र हुनेछ । ‘

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

Success

Thank you for your time.