7 years ago
June 7, 2019
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना आयोजना हुने पल्सर स्पोर्टस अवार्ड २०७५ लाई विजय डिस्ट्रिलरीको रुस्लान फुटबलले सह प्रायोजन गरेको छ ।

शुक्रबार मञ्चका अध्यक्ष देबेन्द्र सुवेदी र जावलाखेल ग्रुप अफ ईन्डस्ट्रिजका कार्यकारी निर्देशक शशिन जोशीले प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौताको अवधि एक बर्षको रहने छ । प्रायोजन रकम भने खुलाइएको छैन ।
जावलाखेल ग्रुप अफ ईन्डस्ट्रिजका कार्यकारी निर्देशक जोशीले खेलकुद क्षेत्रको विकासमा मञ्चले खेलेको भुमिकाको प्रशंसा गर्दै आफुहरुले सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । मञ्चका निवर्तमान अध्यक्ष महेश आचार्यले घरेलु खेलकुदमै प्रतिष्ठित अवार्डको गरिमालाई कायम राख्दै कार्यक्रमलाई विवादरहित बनाउने प्रतिबद्वता व्यक्त गरे । मञ्चका अध्यक्ष सुवेदीले नीजि क्षेत्रको सहयोगले अवार्ड सम्भव भएको भन्दै कार्यक्रमलाई थप परिस्कृत बनाउँदै लैजाने प्रतिबद्वता व्यक्त गरे ।
अवार्डको १६ औ संस्करण आगामी असार १७ गते आयोजना हुदैछ । यस पटकको अवार्ड कार्यक्रममा नौ विधाका खेलाडी र खेलकर्मी सहित एक जना अन्तराष्ट्रिय खेल पत्रकारलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।
यसअघिनै कार्यक्रमको पिपल्स च्वाईस अवार्डको मनोनयन सार्वजनीक भईसकेको छ । वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला र युवा तथा उत्कृष्ट प्रशिक्षक विधाको मनोनयन केही दिनमै सार्वजनिक गरिने महासचिव प्रज्जवल ओलीले बताए ।
यस्तै, लाइफटाइम एचिभमेन्ट अवार्ड, पारा एथलिट, स्पेशल अवार्ड र टिम अफ दी इयर अवार्डको घोषणा कार्यक्रमकै दिन गरिनेछ । यसपटक पनि उत्कृष्ट पुरुष, महिला, पिपुल्स च्वाइस तथा प्रशिक्षकलाई पल्सर मोटरसाइकल पुरस्कार प्रदान गरिनेछ । अन्य विधाका विजेतालाई ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्पर प्रदान गरिने छ ।
पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिको पल्सर मोटरसाईकल रहेको छ । अन्य प्रायोजकहरूमा सूर्य नेपाल प्रालि, रुस्लान फुटबल, टी.एच.टी लाईभ ३७७२२, सगरमाथा सिमेन्ट, रोयल सिंगी होटल, एभिन्युज खबर, केल्मी, इमेजिङ, राष्ट्रिय खेलकूद परिषद र नेपाल ओलम्पिक कमिटि रहेका छन् ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]