2 years ago
May 16, 2024
सुमन अधिकारी,बुटवल
त्रिभुवन आर्मी क्लबका राजन रोक्काले दोस्रो राष्ट्रिय हाफ म्याराथनको उपाधि जितेका छन् । राजनलेले निर्धारित २१ किलोमिटर दुरी १ घण्टा ९ मिनेट २४ सेकेन्डमा पूरा गर्दै उपाधि जितेका हुन् ।
नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारीको ३१ औं स्मृति दिवसको अवसरमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बिहीबार बुटवलमा आयोजना गरेको दोस्रो राष्ट्रिय हाफ म्याराथनको उपाधिसंगै रोक्काले १ लाख रुपैयाँ प्राप्त गरेका छन् ।
आर्मीकै नरेन्द्र रावत दोश्रो भएका छन् । नरेन्द्रले १ घण्टा १० मिनेट १४ सेकेन्डमा दूरी पार गर्दै दोस्रो भएका हुन् । नरेन्द्रले ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
आर्मीकै रामजी बस्नेतले १ घण्टा १० मिनेट ३३ सेकेन्डमा दुरी पार गर्दै तेश्रो भएका छन् । रामजीले ५० हजार रुपैयाँ प्राप्त गरेका छन् ।
हाफ म्याराथनमा जुम्लाका दुर्गा बुढा चौथो, आर्मीकै श्रीष लाल पाँचौ तथा एपिएफका किरण सिंह बोगटीले छैटौं स्थान प्राप्त गरेका छन् । दुर्गाले ३० हजार, श्रीषलालले २० हजार र किरणले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

१० किमि महिला खुल्ला दौडको उपाधि एपिएफकी पुष्पा भण्डारीले जितेकी छन् । एपिएफकै आशा रावत दोस्रो तथा सृजना पाण्डे तेस्रो भएकी छन् ।
पुरुष १० किमीमा अजित कुमार यादव विजयी भएका छन् । नागेश्वर अहिर दोस्रो तथा करण रावत तेस्रो भएका छन् । अजित ३५ हजार, नागेश्वरले २५ हजार तथा करण १५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
विजयी खेलाडीलाई नेकपा एमालेका केन्द्रीय सचिव तथा प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्माले पुरस्कृत प्रदान गरे ।
एकेडेमीले पहिलो राष्ट्रिय हाफ म्याराथन गत वर्ष गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना गरेको थियो । पहिलो हाफ म्याराथनको उपाधि आर्मीका दिपक अधिकारीले १ घन्टा ६ मिनेट २ सेकेन्डमा पूरा गर्दै जितेका थिए ।
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]