default_image

7 years ago

June 9, 2019

११ स्वर्णसहित एभीएम टिम च्याम्पियन

241 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- आयोजक आदर्श विद्यामन्दिर स्कुल (एभीएम) सत्यनारायण बहादुर श्रेष्ठ मेमोरियल अनतर स्कुल राष्ट्रिय टेवल टेनिसमा ११ स्वर्णसहित टिम च्याम्पियन बनेको छ । घरेलु कोर्टमा एभीएमले १५ मध्ये ११ स्वर्ण जित्दै टिम च्याम्पियन बनेको हो ।

प्रतियोगिताको अन्तिम दिन आइतबार गल्र्स यु–१४ मा एभीएमकी इभाना थापा मगरले प्रोक्सिमाकी दिया देउलालाई ३–२ को प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै स्वर्ण जितिन् । जनकनाथकी इना डंगोल र प्रभातकी आरती सुवालले कास्य पाइन् ।

गल्स यु–१६ मा एभीएमकी समिरा श्रेष्ठले ब्लुबर्डकी प्रानिका कुवँरलाई ३–२ को सेटमा पराजित गर्दै स्वर्ण जितिन् । प्रभातकी कृतिका तामाङ र जुगलकी अस्तिका थापाले कास्य पाए । गल्र्स सिंगल्समा लिभरपुलकी अन्जु सुवालले आफ्नै स्कुलकी मन्जु सुवाललाई ३–१ को सेटमा पराजित गर्दै स्वर्ण हात पारिन् । मन्जु सुवाल र हिमाली शाक्यले कास्य हात पारे ।

ब्वाइज सिंगल्समा एभीएमका संयोग कपालीले एभीएमकै अच्युत पौडेललाई ३–० को सोझो सेटमा पराजित गर्दै स्वर्ण हात पा¥यो । मिक्स डबल्स्मा एभीएमका विशाल गोले र वियान्का राईको जोडीले एभीएमकै रुविन महर्जन र इभाना थापामगरको जोडीले पराजित गर्दै स्वर्ण जिते । पोक्सिमाका रोमन थापामगर र दिया देउला र एभीएमका सुजन गडाल र समिरा श्रेष्ठले कास्य पाए ।

ब्वाइज डबल्स्मा एभीएमका विशाल गोले र रुविन महर्जनले स्वर्ण, एभीएमका सुजन गडाल र समिर खत्रीले रजत तथा युरोका विश्व बाँनिया र प्रतीकजंग बस्नेत र पब्लिक एकेडेमीकी नवराज राई र सरुण श्रेष्ठले कास्य पाए ।

च्याम्पियनसिप दौरान नै आयोजक एभीएमले राष्ट्रिय खेलकुद परिषदका चिफ कोच रमेशराज जोशी (आर आर गुरु) लाई विशेष सम्मान गरेको छ । आरआर गुरुले झण्डै चार दशक चिफ कोचको रुपमा कार्य गरेका थिए । उनी नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्टस् अवार्डको लाइफटाइम अचिभमेन्ट अवार्डबाट पनि सम्मानित भइसकेका थिए ।

विजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य तथा प्रदेश ३ का खेलकुद संयोजक सुदिल शाही, स्कुलका प्रिन्सिपललगायतले पुरस्कृत गरे । प्रतियोगिता २३ जेठबाट शुरु भएको थियो ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.