default_image

6 years ago

June 15, 2019

तेक्वान्दो च्याम्पियनसिपमा भुपन र कल्पनालाई पदक

214 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली दुई तेक्वान्दो खेलाडीले दोस्रो इन्डिया ओपन इन्टरनेसनल जी १ पदक जितेका छन् । भुपेन श्रेष्ठले स्वर्ण र कल्पना चौधरीले रजत पदक जितिकी हुन् ।


भारतको हैदरावादमा भएको च्याम्पियन्सिपमा भुपेनले ८७ केजी र कल्पनाले ४९ केजीमा पदक जितेको प्रशिक्षक दीपक विष्टले जानकारी दिए । पदक विजेता दुवै खेलाडी त्रिभुवन आर्मी क्लबका हुन् ।

गत महिना प्रदेश ५ मा सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा पनि स्वर्ण पदक जितेका भुपनेले ३ जना भारतीय खेलाडीलाई जितेपछि सेमिफाइनल यात्रा तय गरेका थिए । सेमिफाइनलमा अफगानिस्तानका खेलाडीलाई हराएका भुपेनले फाइनलमा पनि भारतीय खेलाडीलाई नै पराजित गरेका थिए ।

कल्पना भने फाइनलमा भारतीय खेलाडीसँग पराजित भइकी थिइन् ।
विश्व तेक्वान्दो महासंघले मान्यता दिएको च्याम्पियनसिप जी १ मा पदक जित्नु सुखद नतिजा भएको प्रशिक्षक विष्टले बताए ।

शुक्रबार सम्पन्न प्रतियोगितामा नेपालका ८ खेलाडीले भाग लिएका थिए । सोही प्रतियोगितमा विष्टले भने च्याम्पियनसिपको सुपरभिजरी बोर्डको अध्यक्षता गरेका थिए ।

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

Success

Thank you for your time.