default_image

6 years ago

June 18, 2019

प्रदेश स्तरीय तेक्वान्दो यसै साता

221 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल तेक्वान्दो संघ प्रदेश नम्वर ३ ले प्रदेश स्तरीय राष्ट्रिय तेक्वान्दो प्रतियोगिता आयोजना गर्ने भएको छ । नेपाल तेक्वान्दो संघ प्रदेश नम्वर ३ ले मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता यही असार ६ गते शुक्रबार र ७ गते शनिबार दुई दिन हुने जानकारी गराएको हो ।

सातदोबाटोस्थित नवनिर्मित तेक्वान्दो हलमा हुने प्रतियोगितामा सात प्रदेशको सहभागिता रहने आयोजकका अध्यक्ष केशव पुरीले जानकारी गराए । प्रतियोगितामा ग्यारोगीतर्फ पुरुषमा ९ र महिलामा ७ तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

पुम्सेमा एकल, जोडी र समूहमा प्रतिस्पर्धा हुनेछ । प्रदेशबाट हरेक तौल समूहमा एक जना मात्र खेलाडी सहभागी हुने छन् । प्रतियोगितालाई काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, दक्षिणकालि न.पा., गोदावरी नपा., चन्द्रगिरी नपा, युएनटिएफ, आइएनटिए अमेरिका र मनकामना दर्शनको पनि सहयोग रहेको छ ।

पुम्सेमा हरेक प्रदेशका ३ पुरुष र तीन महिला गरी सात प्रदेशबाट जम्मा १५४ जना खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिातको लागत करिव २५ लाख रुपैया रहेको छ । सहभागि सबै टोली तथा खेलाडीलाई खर्चको व्यवस्था आयोजकले नै व्यहोर्ने छ ।

सोही अबसरमा नविन कुमार श्रेष्ठ, ओलम्पियन संगीना बैद्य र दिपक विष्ट र तालीम तथा प्रशिक्षण विभागका प्रमुख हुनु भएका बरिष्ठ तेक्वान्दो प्रशिक्षक अर्जुन विक, अखिल नेपाल फुटबल संघका महासचिब इन्द्रमान तुलाधर, वरिष्ठ तेक्वान्दो प्रशिक्षक ईश्वरमान बज्र्राचार्य र एसियाली तथा दक्षिण एसियाली पदक विजेता खेलाडी मनिता शाही, आयषा शाक्य, कोशीष खड्का, अशोक कुमार लामा, बरिष्ठ खेल पत्रकार श्याम चित्रकारलाई सम्मानित गरिने आयोजकले जनाएको छ ।

सबै प्रादेशिक च्याम्पियन खेलाडीहरुको सहभागिता रहने यस प्रतियोगिताले नेपाली तेक्वान्दोलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

Success

Thank you for your time.