6 years ago
June 19, 2019
काठमाडौं (हाम्रो खेलकुद)– कृति शर्माले थाइल्यान्डको पटायामा जारी छैटौं एसियन यू २० जुनियर कुराँश च्याम्पियनसिपमा कास्य पदक जितेकी छिन् ।

महिला ५७ केजी तौल समूहको सेमिफाइनलमा बुधबार उज्वेकिस्तानकी खेलाडीसँग पराजित भएपछि कृतिले कास्य पदकमा चित्त बुझाउनु परेको नेपाल कुराँश संघकी महासचिव प्रतिक्षा खरेलले जानकारी दिइन् । उनका अनुसार त्यो तौल समूहमा ८ देशका खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगितमा भाग लिएका अन्य दुई पुरुष खेलाडी विपल तुलाधर ले ५५ केजी र शेरबहादुर घर्तीमगरले ६० केजी तौल समूहमा बिहीबार प्रतिस्पर्धा गर्नेछन् ।
यसैबीच, मंगलबार भएको एसियाली कुराँश महासंघमा खरेलले भाग लिएकी थिइन् । च्याम्पियनसिप नेपालका ३ खेलाडी , प्रशिक्षक र दुई पदाधिकारी गरि ६ जनाले भाग लिइरहेका छन् ।

December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]