default_image

10 years ago

August 31, 2015

भारोत्तोलन टोलीको बिदाइ

239 views

0 Bookmark

थाइल्यान्डको फुकेटमा हुने एसियाली सिनियर भारोत्तोलन च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीलाई सोमबार बिदाइ गरियो । अक्टोबर ३ देखि १२ तारिखसम्म हुने च्याम्पियनसिपमा ५ पुरुष र १ महिला खेलाडीले नेपालको प्रतिनिधित्व गर्नेछन् ।

नेपाली भारोत्तोलन टोलीका सदस्य बिदाइ पछि तस्वीर खिचाउदै ।

पुरुषको ४५ औं संस्करणमा प्रकाश केसी र विकास थापाले ६२ केजी, दिनेश श्रेष्ठले ९४ केजी, गगनसिंह ओलीले १०५ केजी तथा पुकार गुरुङले १०५ केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन् । महिलामा तारादेवी पुनले ७५ केजीमाथि खेल्नेछिन् । महिलाको यो २६ औं संस्करण हो ।
सिनियर स्तरको एसियाली च्याम्पियनसिपमा नेपालले एक मात्र पदक जितेको छ । ३२ वर्षअघि १९८३ मा सिरियाको दमास्कसमा भएको १५ औं संस्करणमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का वर्तमान कोषाध्यक्ष सुरेन्द्रबहादुर हमालले कांस्य जितेका थिए । प्रशिक्षकमा ओलम्पियन एवं भारोत्तोलनका मुख्य प्रशिक्षक सुनीललाल जोशी र जग्दीश प्रधान रहेका छन् ।

उक्त च्याम्पियनसिप नेपालमै जुलाइ २२ देखि ३० तारिखसम्म हुने निश्चित भएको थियो । गत बैशाखको विनाशकारी भूकम्पका कारण नेपालले आयोजनाको ऐतिहासिक अवसर गुमाउनु परेको थियो । नेपालमा भारोत्तोलनको सिनियर स्तरको एसियाली च्याम्पिनसिप हालसम्म भएको छैन ।

टोलीलाई सफलताको शुभकामना दिदै राखेप सदस्य–सचिव केशवकुमार विष्ट, कोषाध्यक्ष सुरेन्द्रबहादुर हमाल, नेपाल भारोत्तोलन संघका अध्यक्ष रतनकुमार तण्डनलगायतले एक कार्यक्रमबीच बिदाइ गरे । टोली अक्टोबर ४ तारिख थाइल्यान्ड प्रस्थान गर्नेछ ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.