6 years ago
June 26, 2019
बुटवल (हाम्रो खेलकुद)– बुटवलका १४ वर्ष मुनिका ६ खेलाडीले थाइल्यान्डमा लन टेनिस प्रशिक्षण लिने भएका छन् । बुटवल देविनगरस्थित लन टेनिसमा प्रशिक्षण गर्दै आएकामध्येबाट ६ खेलाडीले थाइल्यान्डमा प्रशिक्षणको मौका पाएको बुटवल लन टेनिस क्लबका अध्यक्ष गोपाल ज्ञवालीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिए ।

जुलाई १ देखि ६ सम्म हुने प्रशिक्षणमा आयुष गुरुङ, प्रिति गौतम, विकास पाण्डे, रोहित रानाभाट, शाहिल थापा, शलिना गौचनले भाग लिने भएका छन् । टोलीलाई बुधबार बुटवल उपमहानगरपालिकाका वडा नं. ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्री, बुटवल लन टेनिस क्लबका अध्यक्ष ज्ञवाली, रुपन्देही टेनिस संघका उपाध्यक्ष मनोज कुमार बस्नेत, कोषध्यक्ष तथा खेलाडी सन्जय प्रकाश श्रेष्ठ लगायतले बिदाई गरे ।
टोलीको नेतृत्व प्रशिक्षक विकास खड्काले गरेका छन् । वडाअध्यक्ष क्षेत्रीले खेलकुदमा टेनिसबाट राम्रो नतिजा आएको बताए । उनले आगामी दिनमा टेनिस खेललाई अझै सहयोग गर्ने बताए । क्लबका अध्यक्ष तथा जिल्ला सचिव ज्ञवालीले सबैको सहयोगबाट बुटवल लन टेनिस क्लबले गतिविधि गर्दै आएको बताए ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]