6 years ago
June 28, 2019
काठमाडौं (हाम्रो खेलकुद ) – राष्ट्रिय फुटबल टोलीलाई प्रायोजन गर्दै आएको खेल सामग्री उत्पादक अन्तर्राष्ट्रिय ब्राण्ड केल्मी नेपालले करातेलाई पनि प्रायोजन गरेको छ ।

केल्मी नेपालले कराते टोलीलाई २ बर्षको लागि खेलकुद सामग्री प्रायोजन गरेको हो । नेपाल कराते महासंघ र केल्मीको नेपालमा आधिकारिक विक्रेता कामारु ट्रेडिङ प्रालिबीचमा शुक्रबार सम्झौता भएको छ ।
नेपाली फुटबलमा महिला र पुरुष दुवैको उमेर समूह देखि राष्ट्रिय टोलीसम्मलाई प्रायोजन गरेको केल्मी नेपालले लिग पल्सर ए डिभिजन लिग च्याम्पियन सिग्नेचर मनाङ मस्र्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबलाई पनि प्रायोजन गर्दै आएको छ ।
कामारु ट्रेडिङका प्रबन्ध निर्देशक उत्तम न्यौपाने र महासंघका सह अध्यक्ष दावा गुरुङले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौतासंगै केल्मीले महासंघलाई २ लाख बराबरको खेल सामग्री उपलब्ध गराएको छ ।
नेपालमा मंसिरमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद(साग) मा सहभागी खेलाडीले केल्मीको सामान खरिदमा ३० प्रतिशत छुट पाउने छन् ।

त्यस्तै करातेका राष्ट्रिय खेलाडीले २० प्रतिशत र सागका स्वर्ण पदक खेलाडीले पनि ३० प्रतिशत छुट पाउने छन् । सोही अवसरमा १३ औं सागका लागि तयारी गरिरहेका नेपाली कराते टिमको २१ खेलाडी, २ प्रशिक्षक र १ व्यवस्थापकलाई खेलकुद सामग्री प्रदान गरिएको थियो ।
कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा, नेपाल ओलम्पिक कमिटीकी अध्यक्ष जीवनराम श्रेष्ठ, उपाध्यक्ष पुरेन्द्र लाखेको उपस्थिति थियो ।

December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]