default_image

6 years ago

July 8, 2019

कराते टोलीले थाइल्यान्डमा खेल्ने

238 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्डमा आयोजना हुने खुला कराते च्याम्पियनसिपमा भाग लिन १३ औं दक्षिण एसियाली खेलकुदको तयारीमा रहेको नेपाली टोली सोमबार त्यसतर्फ प्रस्थान गरेको छ । थाइल्यान्डको बैंककमा असार २५ देखि २९ गते सम्म हुने प्रतियोगितामा ११ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

च्याम्पियनसिपमा सोनाम लामा (५५ केजी), दिवश श्रेष्ठ (८४ केजी),सनि तामाङले (६८ केजी) ले कुमुतेमा चुनौति पेश गर्ने छन् । त्यस्तै मण्डेकाजी श्रेष्ठले एकल र टिम काता तथा सुभाष कार्की र प्रविन मानन्धले टिम कातामा प्रतिस्पर्धा गर्नेछन् ।

महिलातर्फको कुमुतेमा अस्मिता राई (५३ केजी) ले प्रतिस्पर्धा गर्नेछिन् । चन्चला दनुवारले एकल काता तथा निर्मला तामाङ, सरु कार्की र कोपिला बिष्टले टिम कातामा चुनौति पेश गर्नेछन् ।

टोलीको प्रशिक्षकमा गंगाराम महर्जन र कुशल श्रेष्ठ तथा रवि महर्जन रहेका छन् । तालिम तथा प्रशिक्षण विभागका प्रुमख अर्जुन विक, तालिम तथा प्रशिक्षण विभागका प्रमुख महेन्द्रकुमार राई र नेपाल कराते महासंघका महासचिव हरिशरण केसी लगातले टोलीको विदाई गरेका थिए ।

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

Success

Thank you for your time.