6 years ago
July 14, 2019
काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपको एकल कातामा रजत पदक जितेका मन्देकाजी श्रेष्ठ उत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत भएका छन् ।

मन्दे प्लेर अफ दी टुनामेन्टको दोस्रो स्थानमा रहे र उनले ३ सय डलर प्राप्त गरे । जसमा इन्डोनेसियाका खेलाडी पहिलो र चीनका खेलाडी तेस्रोमा रहे । इन्डोनेसियाका खेलाडीले ५ सय र चीनका खेलाडीले २ सय अमेरिकी डलर प्राप्त गरे ।
आइतबार सकिने च्याम्पियनसिपमा नेपालले शनिबार १ रजत र २ कास्य पदक जितेको छ । स्वेदशमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुदको विशेष प्रशिक्षणमा रहेको कराते टोलीका सदस्य मन्देकाजी श्रेष्ठले एकल कातामा रजत पदक जितेका थिए । महिला टोलीले टिम काता र दिवस श्रेष्ठले कुमुतेमा कास्य पदक जितेको छ ।

शनिबार दिवसले ८४ केजीमा तेस्रो स्थान प्राप्त गरेका थिए । थाइल्यान्डका खेलाडी दिवससँगै कास्य, भारतका खेलाडीले रजत र चीनका खेलाडीले स्वर्ण पदक जितेका थिए । आठौं राष्ट्रिय खेलकुदका स्वर्ण पदक विजेता मन्देले फाइनलमा भने थोरै अंकले स्वर्ण पदक जित्नबाट बञ्चित भएका थिए ।
निर्मला तामाङ, कोपिला विष्ट र सरु कार्की सम्मिलित महिला टोलीले टिम कातामा कास्य पदक जितेको थियो ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]