6 years ago
July 16, 2019
काठमाडौं (हाम्रो खेलकुद)– दीपक मगर र रेगन श्रेष्ठ सर्वाधिक धनराशिको ‘प्रथम चामुन्डा अल नेपाल स्नुकर च्याम्पियनसिप’को क्वाटरफाइनलमा प्रवेश गरेका छन् । बौद्धस्थित चामुन्डा स्पोर्टस् क्लबको स्नुकर हाउसमा जारी प्रतियोगितामा दीपक मगरले दोर्जी शेर्पा (टंकी) लाई तथा रेगन श्रेष्ठले फुरी शेर्पालाई पराजित गर्दै अन्तिम आठको यात्रा तय गरेको हो ।

यस्तै मंगलबार भएको अन्य खेलमा राजन लामाले विकेश राईलाई, दोर्जी पाख्रिनले जिम्मी लामा, निर्मान बोगटीले प्रविन शाक्य र बिकास महर्जनले सन्जय बज्राचार्यलाई पराजित गर्दै अन्तिम आठमा स्थान बनाए । सोम लामा (हिटु)ले शिशिर गुरुङ चोपेल शेर्पाले सफिर राज राजकर्णिकारलाई पराजत गर्दै क्वाटरफाइनलमा पुग्न सफल भए ।
२२ असारबाट शुरु भएको च्याम्पियनसिपमा देशभरबाट करिव १ सय ५० खेलाडीको सहभागिता रहेको छ । च्याम्पियनसिपको विजेताले २ लाख रुपैया हाता पर्नेछन् । दोस्रो हुनेले ७५ हजार तथा तेस्रो हुने २ जनाले ३०–३० हजार रुपैया पाउनेछन् ।
च्याम्पियनसिपको उत्कृष्ट खेलाडीः १० हजार रुपैया प्राप्त गर्नेछन् । यस्तै हाइएस्ट ब्रेक ७५ स्कोर पार गर्नेलाई ३० हजार र सेन्चुरी ब्रेकले ५० हजार रुपैया पाउनेछन् । च्याम्पियनसिपको शीर्ष १६ खेलाडीलाई मेडल, ट्रफी, प्रमाणपत्र र गिफ्टह्याम्पर प्रदान गरिनेछ ।
प्रतियोगितामा अनुमानित रकम करिव १७ लाख रुपैया रहेको छ । च्याम्पियनसिपलाई नेपाल विलियर्ड स्नुकर तथा पुल संघले सहयोग गरेको छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]