default_image

6 years ago

July 17, 2019

पदक विजेता कराते टोली स्वदेश आइपुग्यो

178 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)–थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपका पदकधारीसहित नेपाली कराते टोली बुधबार स्वदेश फर्किएको छ । नेपाली टोली बुधबार दिउसो स्वदेश आइपुगेको हो । च्याम्पियनसिपमा नेपालले १ रजत र दुई काय हात पारेको थियो ।

स्वदेशमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुदको विशेष प्रशिक्षणमा रहेको कराते टोलीका सदस्य मन्डेकाजी श्रेष्ठले एकल कातामा रजत पदक जितेका थिए । निर्मला तामाङ, कोपिला विष्ट र सरु कार्की सम्मिलित महिला टोलीले टिम कातामा कास्यपदक तथा दिवस श्रेष्ठले कुमुतेको ८४ केजी तौलसमूहमा कास्यपदक जितेको थियो ।

एकल कातामा रजत पदक जितेका मन्देकाजी श्रेष्ठ उत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत भए । मन्डेले प्लेयर अफ दी टुनामेन्टको दोस्रो स्थानमा रहदै ३ सय डलर प्राप्त गरे । जसमा इन्डोनेसियाका खेलाडी पहिलो र चीनका खेलाडी तेस्रोमा रहे । इन्डोनेसियाका खेलाडीले ५ सय र चीनका खेलाडीले २ सय अमेरिकी डलर प्राप्त गरे ।

नेपाली टोलीलाई नेपाल कराते महासंघका सह अध्यक्ष दावा गुरुङ, सचिव ओमकृष्ण प्रसाई, राष्ट्रिय टिमका मुख्य प्रशिक्षक कुशल श्रेष्ठ, प्रशिक्षक गंगाराम महर्जन लगायत कराते खेलाडीहरुले स्वागत गर्न त्रिभुवन विमानस्थल पुगेका थिए ।

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

Success

Thank you for your time.