6 years ago
July 18, 2019
एजेन्सी – एक दिवसिय विश्वकप च्याम्पियन टोली इंग्ल्यान्डले आयरल्यान्डसँग हुने एकमात्र टेष्ट खेलको लागि आफ्नो १४ सदस्य टोली घोषणा गरेको छ । घोषणा टोलीमा इंग्ल्यान्डले विश्वकप जित्दाका कप्तान इओन मोर्गन सहित सहित १० खेलाडी परिवर्तन गरेको छ ।

विश्वकप जित्दाका प्रमुख ब्याट्सम्यान जो रुट,जोेसन रोय,जोनी बेयरस्टो,मोइन अली र क्रिस वोक्स बाहेक अन्य सबै खेलाडीलाई आराम दिएको छ । आक्रमक ब्याट्सम्यान रोयले टेष्ट खेलमा आयरल्यान्डसँग डेब्यू गर्ने छन् ।
इंग्ल्यान्ड र आयरल्यान्ड सँगको एक मात्रै टेष्ट आगमी बुधबारबाट लर्डसमा सुरु हुने छ । घरेलु टोली इंग्ल्यान्डले गत आइतबार फाइनलमा सुपर ओभरमा न्युजिल्यान्डलाई पराजित गर्दै उपाधि जितेको थियो ।
इंग्ल्यान्डलाई विश्वकप जिताउन जो रुट,जोसन रोयल,जोनी बेयरस्टो र क्रिस वोक्सको प्रर्दशन महत्वपूर्ण रह्यो । विश्वकप जिताउन महत्वपूर्ण योगदान दिएका तीब्र गतिका बलर जोफ्रा आर्चरलाई पनि इंग्ल्यान्डले आराम दिएको छ ।
इंग्ल्यान्डको टेष्ट टोली : जो रुट(कप्तान),मोइन अली,जेमी एन्डरसन,जोनी बेयरस्टो,स्टअर्ट ब्रोर्ड,रोरी बर्न्स,साम करन,जो डेनली,लुईस ग्रेगरी,ज्याक लेच,जोसन रोय,ओल्ली स्टोन,क्रिस वोक्स ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]