6 years ago
July 20, 2019
काठमाडौं (हाम्रो खेलकुद)- एसिया कप इन्डोर हक्की च्याम्पियनसिपमा नेपाली पुरुष हक्की टोलीले नवौं स्थान हात पारेको छ ।

शनिबार थाइल्यान्डको चुनवरीमा नवौं र १०औंको लागि भएको प्ले अफमा फिलिपिन्सलाई ३–० ले पराजित गर्दै नेपालले नवौं स्थान हात पारेको हो । यससँगै नेपालले च्याम्पियनसिपमा सान्त्वना जित निकाल्न सफल भयो ।
नेपालको जितमा नवीन क्षेत्रीले २ तथा रोमन रानाले एक गोल थपेका थिए । खेलको १८औं मिनेटमा नवीनको गोलबाट नेपाल अघि बढेको थियो । ३१औं मिनेटमा रोमनले अग्रता दोब्बर पारे । ३४औं मिनेटमा नवीनले व्यक्तिगत दोस्रो गोल गर्दै जित पक्का गरे ।

च्याम्पियनसिपमा पुरुषतर्फ नेपालसहित १० टोलीको सहभागिता रहेको थियो । समूह चरणमा दुवै टोली जितविहीन हुदै पुछारमा रहेको थियो । महिलातर्फ पनि नेपालले समूह चरणमा फिलिपिन्समाथि ३–२ को रोमाञ्चक जित निकालेको थियो ।

समूह चरणमा नेपाल सिंगापुरसँग १७–१, उज्जेकिस्तानसँग १३–२, काजकस्तानसँग १२–१ ले र चाइनिज ताइपेइसँग ७–६ ले पराजित भएको थियो । च्याम्पियनसिपमा पुरुषतर्फ १० र महिलातर्फ ९ टोलीको सहभागिता छ ।
महिलातर्फ नेपालले सातौ र आठौंका लागि आइतबार सिंगापुरसँग खेल्दैछ । नेपाल समूह ‘ए’ मा १ जितसहित चौथो स्थानमा रहेको थियो । समूह ‘बी’ मा सिंगापुर जितविहीन छ ।

December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]