6 years ago
August 4, 2019
काठमाडौं (हाम्रो खेलकुद) – चार महिना पछि आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारी, निरिक्षण र अनुगमनका लागि शिक्षा तथा स्वास्थ्य संसदीय समितिले संघिय सांसद जीवनराम श्रेष्ठको संयोजकत्वमा आइतबार पाँच सदस्यीय उप समिति गठन गरेको छ ।

उपसमितिको सदस्यमा सांसदहरु नवीना लामा, नारायणप्रसाद मरासिनी, नमिताकुमारी चौधरी र गजेन्द्रबहादुर महत रहेका छन् । नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष श्रेष्ठ साग दक्षिण एसियाली ओलम्पिक काउन्सिन (एसएओसी) का अध्यक्ष समेत हुन् ।
साग आयोजक राष्ट्रका एनओसी अध्यक्ष नै एसएओसीको अध्यक्ष हुने प्रावधान छ । मंसिर १५ देखि २४ गते सम्मका लागि १३ औं साग काठमाडौं र पोखरामा आयोजना हुँदैछ ।
उप समितिले सागको भौतिक पूर्वाधार लगायत सबै खाले तयारीका विषयमा निरिक्षण गर्नुका साथै आवश्यक निर्देशन पनि दिने संयोजक श्रेष्ठले बताए । संयोजक श्रेष्ठले उप समितिले तत्काल काम थाल्ने बताएका छन् । सन् १९८४ मा तत्कालिन दक्षिण एसियाली महासंघिय (साफ) खेलकुदको सुरुवात नेपालबाटै भएको थियो ।
सार्क राष्ट्रको सहभागिता रहने यस प्रतियोगिताको नाम २००४ को नवौं संस्करणबाट दक्षिण एसियाली खेलकुद (साग) रहेकेको थियो । नेपालले दोस्रो पटक १९९९ मा साग आयोजना गरेको थियो ।
२० वर्षपछि साग आयोजनाको जिम्मेवारी पाउँदा अझै समयमा हुनुमा शंका छ । यसअघि दुई पटक १३ औं सागको मिति भौतिक पूर्वाधार निर्माण सम्पन्न नभएकै कारण सरेको थियो ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]