6 years ago
August 16, 2019
काठमाडौं (हाम्रो खेलकुद) – एभीसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपको लागि माल्दिभ्स भलिबल टोली शुक्रबार नेपाल आइपुगेका छन्।

माल्दिभ्स भलिबल टोली शुक्रबार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको हो । टोलीलाई स्वागत गर्न नेपाल भलिबल संघका उपाध्यक्ष निरोज मास्केलगायतका पदाधिकारीहरु विमानस्थल पुगेका थिए । आजै अन्य तीन टोली पनि नेपाल आइपुग्ने नेपाल भलिबल संघले जनाएको छ ।

बंगलादेश, किर्गिस्तान र तुर्किमिनिस्तान आजै तथा उज्वेकिस्तान भने आइतबार आईपुग्ने संघले जनाएको छ ।
च्याम्पियनसिपको लागि अफगानिस्तानको टोली मंगलबार आइपुगेको थियो । प्रतियोगितामा नेपालसहित बंगलादेश, माल्दिभ्स, अफगानिस्तान, किर्गिस्तान, तुर्किमिनिस्तान र उज्वेकिस्तानसहित ७ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

च्याम्पियनसिप लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भदौ २ देखि भदौ ७ गतेसम्म संचालन हुनेछ । खेलको हाम्रो खेलकुद डटकमले प्रत्यक्ष प्रसारण गर्नेछ ।
भलिबल टोली नेपाल आइपुग्ने तालिका
टिमः– बंगलादेश समय मध्यान्ह ११ः५५ बजे, होटल क्राउन प्लाजा नागपोखरी
टिमः– किर्गिस्तान समय राति १२ः१० बजे, होटल मुनलाईट
टिमः– तुर्केमिनिस्तान समय राति १२ः१० बजे, होटल मुनलाईट
आइतबार उज्वेकिस्तान समय बिहान ९ः३० बजे, होटल मुनलाईट
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]