6 years ago
August 18, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली भलिबलको इतिहासमै पहिलो पटक आयोजना हुन लागेको पाँचौ संस्करणको एभीसी एसियन सिनियर पुरुष भलिबल च्याम्पियनसिप आउन अब एक दिन मात्रै बाँकी छ ।

च्याम्पियनसिपमा सहभागिता जनाउन सबै टोली नेपाल आइसकेका छन् ।अन्तिम टोलीका रुपमा उज्वेकिस्तान आइतबार बिहान नेपाल आइपुगेको छ ।
समूह ‘ए’ मा रहेको नेपालले सोमबार बलियो टोली किर्गिस्तानसँग खेल्दै च्याम्पियनसिपको शुरुवात गर्नेछ । खेल ४ बजेपछि लगनखेलस्थित नेपाली सेनाको सैनिक शारीरिक तथा खेलकुद बिकास केन्द्रमा हुनेछ ।
एक खेल जितेपनि सेमिफाइनलको बलियो सम्भावना रहेको नेपाल किर्गिस्तानलाई पराजित गर्दै सेमिफाइनलको यात्रालाई सहज बनाउने छ । त्यसपछि नेपालले बुधबार माल्दिभ्ससँग खेल्नेछ ।
बलियो किर्गिस्तानसँग नेपालको इतिहास निकै खराव छ । पछिल्ला ६ भेटमा नेपाल ४ खेलमा पराजित भएको छ ।
पहिलो संस्करणमा नेपालले किर्गिस्तानलाई ३–१ ले पराजित गरेको थियो । त्यसयता नेपाल किर्गिस्तानसँग पराजित हुदै आइरहेको छ ।
गतवर्ष इन्डोनेसियाको जाकर्तामा भएको एसियाडमा १५औं वरीयताको लागि हुने खेलमा किर्गिस्तान अनुपस्थित रहेपछि आयोजकले नेपाललाई ३–० ले विजेता घोषणा गरेको थियो । त्यसैलाई नेपालको जित मानिएको छ।
तर, सेन्ट्रल जोनका सबै चार भेटमा नेपाल पराजित भएको छ । २०७३ मा नेपालले समूह चरण र सेमिफाइनलमा १ सेटमा जित निकाल्नु नै नेपालको बहादुरी हो ।
‘हेड टु हेड’
पहिलो सेन्ट्रल जोन ३–१ को सेटमा जित
दोस्रो सेन्ट्रल जोन २०७३ सेमिफाइनल ३–१ को सेटमा पराजित
(१८–२५, १२–२५, २६–२४ र १०–२५)
तेस्रो सेन्ट्रल जोन २०७३ समूह चरण ३–१ को सेटमा पराजित
(२५–२०, १३–२५, १५–२५ र ११–२५)
तेस्रो सेन्ट्रल जोन २०७४ प्ले अफ ३–० को सेटमा पराजित
१६–२५, २३–२५ र २०–२५
चौथो सेन्ट्रल जोन २०७५ तेस्रो स्थान ३–० को सेटमा पराजित
(२०–२५, २२–२५ र २०–२५)
एसियन गेम्स २०७५ वाक ओभरमा जित
(२५–०, २५–० र २५–०)
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]