default_image

6 years ago

August 19, 2019

किर्गिस्तानसँग अग्नि परीक्षा

179 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पाँचौ संस्करणको एभीसी एसियन सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिप आज सुरू हुँदैछ । नेपाली भलिबलको इतिहासमै पहिलो पटक यति ठुलो च्याम्पियनसिप अयोजना हुँदैछ ।

घरेलु भुमिमा हुने च्याम्पियनसिपलाई यादगर बनाउदै फाइनल पुग्ने लक्ष्य लिएको जनेपालले एक पटकको च्याम्पियन किर्गिस्तानसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । खेल अपरान्ह ४ बजेपछि लगनखेलस्थित नेपाली सेनाको कभर्डहलमा हुनेछ ।

यही च्याम्पियनसिपका लागि नेपाली टोलीले असार पहिलो साता डच प्रशिक्षक हान एबिङलाई झिकाउदै नियमित प्रशिक्षण गरिरहेको छ । प्रशिक्षणपछि टोलीको स्तरबारे बुझ्न टोलीले आफुभन्दा बलियो भारतसँग ती मैत्रीपुर्ण खेल खेल्ने भनिएपनि त्यो पुरा नहुदा आफै स्तरको अफगानिस्तानसँग दुई मैत्रीपुर्ण खेल खेलेको थियो । जसमा नेपालले दुवै खेलमा ३–२ को जित निकाल्दै सेन्ट्रल जोनको लागि तयार रहेको संकेत दिएको थियो ।

नेपालको पुरानो समस्या रिसिभ र ब्लकमा केही सुधार देखिएपनि आफगानिस्तानविरुद्धको खेलबाट अझै सुधार गर्नुपर्ने देखिएको छ । तर, अब नेपालको वास्तविक परीक्षा सोमबार किर्गिस्तानसँगको खेलबाट नै हुनेछ ।


नेपालले अहिलेसम्म किर्गिस्तानसँगको ५ भेटमा चार खेलमा पराजित भएको छ । पहिलो सस्करणमा ३-१ को जित निकालेयता नेपालले अहिलेसम्म किर्गिस्तानलै हरौना सकेको छैन अब नेपाल त्यो भन्दा माथि उठ्नु जरुरी छ । यसका लागि डच एबिङले टोलीमा नियमित सुधारका प्रयासहरु गरिरहेका छन् ।
किर्गिस्तानलाई पराजित गर्न सके नेपालले सेमिफाइनल यात्रालाई थप सहज बनाउनेछ । अर्काे खेलमा नेपालले माल्दिभ्ससँग खेल्नेछ । समान स्तरको रहेपनि नेपालले सेन्ट्रल जोनमा सबैभन्दा धेरैपल्ट हराएको टोली नै माल्दिभ्स हो । त्यसैले नेपाललाई समूह ‘ए’ मा विजेता बन्ने अवसर छ ।

अन्तर्राष्ट्रिय सहभागिताको ४० वर्षे इतिहासमा नेपाली भलिबलले अहिलेसम्म उल्लेख्य सफलताको स्वाद चाख्न पाएको छैन । सन् १९७८ को एसियाली खेलकुदमा पहिलोपल्ट अन्तर्राष्ट्रिय सहभागिता जनाएयता दुई वर्षअघि एभीसी सेन्ट्रल जोनमा जितेको कास्यपदक नेपालको अहिलेसम्मको ठूलो सफलता हो । त्यसैले नेपाली भलिबलका लागि घरेलु भूमिमा ठूलो सफलताका लागि यो राम्रो अवसर हुनसक्छ ।

अफगानिस्तानविरुद्धको दुई मैत्रीपुर्ण खेलमा टोलीले जुझारु प्रदर्शन गरेका छन् । यसबाट टोलीका डच प्रशिक्षक सन्तुष्ट छन् । तर, किर्गिस्तानविरुद्ध जित निकाल्न अझै मिहेनत गर्नुपर्ने प्रशिक्षक एबिङले बताए । ‘मसँग अहिले १४ उत्कृष्ट खेलाडी छन् । हामीमा क्षमता छ । त्यही क्षमता किर्गिस्तानविरुद्ध देखाउनेछौं ।’ प्रशिक्षक एबिङले भने, ‘किर्गिस्तानको केही भिडियो हेरेको छु । भिडियो हेरेर नै रणनित बनाउनेछु । हरेक खेल शुन्यबाटै शरु हुन्छ । खेल बराबरीकै हुनेछ । म ९ हप्ता देखि यही छ । मैले केही राम्रो गर्ने प्रयास गरेको छु । आशा छ राम्रै हुनेछ ।’

उनले कप्तान इम रानाले शनिबारबाट प्रशिक्षणमा जोडिएको र उनी तयार रहने बताए । उनले एकपछि अर्को खेलमा सकारात्मक नतिजासहित प्रतियोगितामा उच्चतम सफलताको खाका कोर्ने समेत बताए ।

किर्गिस्तानविरुद्धको प्रदर्शन सकारात्मक रहे नेपालका लागि माल्दिभ्सविरुद्धको दोस्रो खेल तुलनात्मक रूपमा सहज हुनेछ । किनभने यही प्रतियोगितामा नेपालले माल्दिभ्सलाई सबैभन्दा धेरैपटक पराजित गर्न सफल भएको छ ।

टोलीका कप्तान इम बहादर रानाले नयाँ प्रशिक्षक आएपछि हामीले परम्परागत समस्याको रूपमा रहेको रिसिभ र ब्लकमा धेरै सुधा गरेका कारण च्याम्पियनसिपलाई सुखद बनाउने योजना रहेको बताए । ‘प्रतियोगितामा लगभग एकै स्तरका टिम छन् । हामीले सबैसँग खेलेका छौं, बलियो भनिएका टिमलाई पनि कडा टक्कर दिइसकेका छौं । यसपल्ट घरेलु माहोलले हामीलाई साथ दिएको छ । यो एक ऐतिहासिक अवसर हुनसक्छ ।’ कप्तान इमले भने ।

अफगानिस्ताननविरुद्धको श्रृंखला जित्दा चोट बोकेका कप्तान इम र धन प्रशिक्षणमा फर्किसकेका छन् ।

च्याम्पियनसिपमा नेपालसहित दुईपल्टको विजेता तुर्कमेनिस्तान, किर्गिस्तान, उज्वेकिस्तान, बंगलादेश, अफगानिस्तान र माल्दिभ्स सहभागी छन् ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.