6 years ago
August 19, 2019
काठमाडौं (हाम्रो खेलकुद) – उपाधि दावेदार तुर्केमिनिस्तानले ललितपुरमा आजबाट शुरु भएको पाँचौं संस्करणको एभीसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ ।

लगनखेलस्थित नेपाली सेनाको सैनिक शारीरिक तथा खेलकुद बिकास केन्द्रमा भएको पहिलो खेलमा तुर्केमिनिस्तानले अफगानिस्तानलाई ३–१ को सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

निकै नै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो सेटमा तुर्केमिनिस्तान ३२–३० ले विजयी हुन सफल भएको थियो । दोस्रो सेटमा अफगानिस्तान २५–१६ ले विजयी हुदै खेलमा फर्किएको थियो । तर, त्यसपछिको दुवै सेट तुर्केमिनिस्तानले २७–२५ र २६–२४ को सेटमा जित निकालेको थियो ।

अब तुर्केमिनिस्तानले मंगलबार उज्वेकिस्तानको सामना गर्नेछ । अफगानिस्तानले बंगलादेशसँग खेल्नेछ ।

आजै नेपालले उद्घाटन खेलमा किर्गिस्तानसँग खेल्दैछ । खेल ४ बजेपछि हुनेछ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]