6 years ago
August 19, 2019
काठमाडौं (हाम्रो खेलकुद)– घरेलु मैदानमा पहिलो पटक आयोजना भएको एभीसी एसियन सेन्ट्रल जोन सिमियर मेन्स भलिबल प्रतियोगिताको सुरुवात हारबाट गरेपछि अब नेपाली टोलीसँग धेरै विकल्प छैन ।

समूह एमा माल्दिभ्सविरुद्ध बुधबार हुने खेल हारेको खण्डमा नेपाल समूह चरणबाटै बाहिरिनेछ । त्यसअर्थमा नेपालका लागि त्यो खेल गर वा मरको अवस्थामा हुनेछ । नेपाललाई ३–० को सोझो सेटमा हराउँदै एक पटकको च्याम्पियन कीर्गिस्तानले च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ ।
समूह एमा माल्दिभ्स र कीर्गिस्तानबीचको खेलको नतिजाले नेपालको अघिल्लो चरणको यात्रालाई प्रभाव पार्न सक्नेछ । मंगलबार माल्दिभ्सलाई हराउन सके कीर्गिस्तान लगातार दुई खेल जित्दै सेमिफाइनल पुग्नेछ । यदि माल्दिभ्स जितेको खण्डमा भने नेपाल र मादिभ्सबीच हुने समूहको अन्तिम खेल सम्म कुर्नुपर्ने हुन्छ । समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।

लगनखेस्थित नेपाली सेनाको कभर्डहलमा सोमबार घरेलु कोर्टमा झन्डै ३ हजार दर्शकबीचमा नेपालले पहिलो सेटमा किर्गिस्तानलाई कडा चुनौती दिएपनि २३–२५ ले सेट गुमाएको थियो । दोस्रो र तेस्रो सेटमा उत्तिकै चुनौती दिएपनि नेपालले खेल आफ्नो पक्षमा पार्न सकेन । दोस्रो सेट २२–२५ र तेस्रो सेट पनि २२–२५ ले नै गुमायो ।
हारपछि नेपाली टोलीका मुख्य प्रशिक्षक हान एबिङले किर्गिस्तानलाई बधाई दिदै नेपाली टोलीले सोचेअनुरुप प्रदर्शन गरेको र हारमा दुख मान्नुपर्ने कारण नरहेको बताए । ‘किर्गिस्तानलाई बधाई छ । बलियो किर्गिस्तानले खेललाई आफ्नो नियन्त्रणमा लिन सफल भयो । मेरो टोलीको प्रदर्शनबाट सन्तुष्ट छु, नेदरल्यान्डका प्रशिक्षक एबिङले खेलपछि भने,‘ खेलाडीले अफगानिस्तानसँग भन्दा राम्रो खेले । किर्गिस्तान सबै पक्षमा राम्रो रहँदा हामीले अंक लिन सकेनौ ।’
उनले किर्गिस्तानसँगको खेलको कमजोरी केलाउदै माल्दिभ्सविरुद्ध जितका लागि खेल्ने बताए । किर्गिस्तानका प्रशिक्षक एन्डेरी अन्कुडिनोभले नेपालको खेलको प्रसंशा गर्दै नेपालमा भलिबलको उच्च सम्भावना रहेको बताए । उनले नेपाली टोलीमा युरोपियन प्रशिक्षक रहेको र खेलाडीमा खेल भावना रहेको समेत बताए ।

सोमबार नै भएको अन्य खेलमा तुर्केमिनिस्तान र उज्वेकिस्तानले पाँचौं सस्करणको एभीसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । पहिलो खेलमा तुर्केमनिस्तानले अफगानिस्तानलाई ३–१ को सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
निकै नै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो सेटमा तुर्केमिनिस्तान ३२–३० ले विजयी हुन सफल भएको थियो । दोस्रो सेटमा अफगानिस्तान २५–१६ ले विजयी हुदै खेलमा फर्किएको थियो । तर, त्यसपछिको दुवै सेट तुर्केमिनिस्तानले २७–२५ र २६–२४ को सेटमा जित निकालेको थियो । अब तुर्केमिनिस्तानले मंगलबार उज्वेकिस्तानको सामना गर्नेछ । अफगानिस्तानले बंगलादेशसँग खेल्नेछ ।
उज्वेकिस्तानले बंगलादेशमाथि ३–० को सहज जित निकाल्यो । आइतबार मात्र नेपाल आइपुगेको उज्वेकिस्तानले समूह ‘बी’ मा दक्षिण एसियाली राष्ट्र बंगलादेशलाई २५–१६, २५–१६ र २५–२३ ले हराएको थियो ।

च्याम्पियनसिपमा मंगलबार समूह ‘बी’ को अफगानिस्तान र बंगलादेश दिउसो ३ बजे तथा तुर्केमिनिस्तान र उज्वेकिस्तानबीच साँझ ५ बजे खेल हुनेछ । समूह ‘ए’ मा किर्गिस्तान र माल्दिभ्सबीच साँझ ७ बजे खेल हुनेछ । च्याम्पियनसिपमा नेपालसहित दुईपटकको विजेता तुर्कमेनिस्तान, किर्गिस्तान, उज्वेकिस्तान, बंगलादेश, अफगानिस्तान र माल्दिभ्स सहभागी छन् ।
आज भएका खेलको हाइलाइटस:
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]