default_image

5 years ago

August 20, 2019

रोमाञ्चक खेलमा बंगलादेशमाथि अफगानिस्तानको जित

काठमाडौं (हाम्रो खेलकुद)– एभिसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपको को दोस्रो दिन समूह ‘बी’मा अफगानिस्तानले पहिलो जित दर्ता अघिल्लो चरण पुग्ने सम्भावनालाई जीवित राखेकोे छ । अफगानिस्तानले बंगलादेशलाई ३–२ ले हराउँदै दोस्रो खेलमा पहिलो जित हासिल गरेको हो । लगनखेलस्थित नेपाली सेनाको कर्भड हलमा मंगलबार अफगानिस्तानले बंगलादेशलाई २५–२१ १९ –२५,१८–२५,२५–२२ र १५–१२ ले […]

30 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– एभिसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपको को दोस्रो दिन समूह ‘बी’मा अफगानिस्तानले पहिलो जित दर्ता अघिल्लो चरण पुग्ने सम्भावनालाई जीवित राखेकोे छ । अफगानिस्तानले बंगलादेशलाई ३–२ ले हराउँदै दोस्रो खेलमा पहिलो जित हासिल गरेको हो ।

लगनखेलस्थित नेपाली सेनाको कर्भड हलमा मंगलबार अफगानिस्तानले बंगलादेशलाई २५–२१ १९ –२५,१८–२५,२५–२२ र १५–१२ ले आफनो पक्षमा पारेको थियो । पहिलो दिन दुवै टोलीले हारबाट च्याम्पियनसिपको सुरुवात गरेका थिए । त्यसअर्थमा दुवै टोलीलाई अघिल्लो चरण पुग्नका लागि आजको खेल जित्नै पर्ने बाध्यता थियो ।

पहिलो दिन सोमबार बंगलादेश उज्वेकिस्तानसँग पराजित भएको थियो । त्यो खेलमा उज्वेकिस्तान २५–१६,२५–१६ र २५–२३ ले विजयी भएको थियो । त्यसअघि समूह ‘बी’कै अर्को खेलमा अफगानिस्तान तुर्किमिनिस्तानसँग ३–१ ले पराजित भएको थियो । त्यो खेल तुर्किमिनिस्तानले ३२–३०,१६–२५,२७–२५ र २६–२४ ले जितेको थियो ।

च्याम्पियनसिपकै अर्को खेलमा अब एक एक खेल जितिसकेका तुर्किमिनिस्तान र उज्वेकिस्तानबीच प्रतिस्पर्धा हुनेछ । आजै नेपाल रहेको समूहमा मादिभ्स र कीर्गिस्तानबीच खेल हुनेछ ।

March 28, 2024

सुष्मा सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेशकी सुष्मा तामाङ र कर्णाली प्रदेशकी अस्मिता दुवाल छैटौं वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा जारी प्रतियोगितामा बिहिबार महिला ५० केजीमा सुष्माले मधेश प्रदेशकी मनीषा राई तथा अस्मिताले एपीएफकी सन्जुमाया थिङलाई पराजित गर्दै अन्तिम चारको यात्रा तय गरे । महिला ५४ […]

March 28, 2024

भलिबल संघ र केल्मीबीचको सम्झौता नविकरण

काठमाडौं (हाम्रो खेलकुद)– अन्तर्राष्ट्रिय खेल पोशाक तथा सामग्री निमार्ण कम्पनी केल्मी स्पोर्टस प्रोडक्ट कम्पनीले राष्ट्रिय खेल भलिबललाई आफ्नो प्रायोजनमा निरन्तरता दिएको छ । केल्मीको नेपालका लागि आधिकारिक विक्रेता कामारु ट्रेडिङ प्राली र नेपाल भलिबल संंघबीच बिहीबार ३ वर्षका लागि सम्झौता नविकरण भएको हो । कामारुका निर्देशक प्रदीप न्यौपाने र संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्दले सम्झौता पत्रमा […]

March 28, 2024

राष्ट्रपतिलाई निमन्त्रणा

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन समारोहको प्रमुख अतिथिका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई बिहीबार निमन्त्रणा गरेको छ । राखेपको आयोजनामा १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता वैशाख ४ देखि ६ गते काठमाडौंमा हुँदैछ । सदस्य सचिव टंकलाल घिसिङले शितल निवासमा राष्ट्रपति […]

Success

Thank you for your time.