default_image

5 years ago

August 21, 2019

सेन्ट्रल जोन : ‘गर या मर’ अवस्थामा नेपाल र माल्दिभ्स

काठमाडौं (हाम्रो खेलकुद) – एभीसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलहरु आज हुँदै छन् । हालसम्म नेपाल रहेको समूह ‘ए’ बाट उपाधि दावेदार किर्गिस्तान समूह विजेता बन्दै पाँचौ संस्करणको सेमिफाइनलमा प्रवेश गरिसकेको छ । किर्गिस्तानले समुहका दुवै खेलमा नेपाल र माल्दिभ्सलाई समान ३–० को सोझो सेटमा पराजित गर्दै समूह विजेता […]

39 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एभीसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलहरु आज हुँदै छन् । हालसम्म नेपाल रहेको समूह ‘ए’ बाट उपाधि दावेदार किर्गिस्तान समूह विजेता बन्दै पाँचौ संस्करणको सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

किर्गिस्तानले समुहका दुवै खेलमा नेपाल र माल्दिभ्सलाई समान ३–० को सोझो सेटमा पराजित गर्दै समूह विजेता बनेको हो । यो समूहमा तीन टोली मात्रै रहेकाले नेपाल र माल्दिभ्स दुवै टोलीको सेमिफाइनल पुग्ने सम्भावना जीवितै छ । यस्तो आज साँझ ‘गर या मर’ को अवस्थामा घरेलु टोली नेपालले आज समूहको अन्तिम खेलमा माल्दिभ्ससँग खेल्दैछ । खेल ५ बजेपछि लगनखेलमा रहेको आर्मीको कभर्डहलमा सुरु हुनेछ ।

किर्गिस्तानले ६ अंक जोड्दा नेपाल र माल्दिभ्स जितविहीन छ । यही खेलले समुह ‘ए’ बाट अघिल्लो चरण पुग्ने अर्काे टोलीको टुङ्गो लगाउनेछ । सोही कारण अघिल्लो चरणको यात्रा तय गर्न घरेलु टोलीलाई जितबाहेक विकल्प नै छैन । त्यसैले घरेलु मैदानमा हजारौ समर्थको साथ पाउने नेपाल माल्दिभ्सलाई पराजित गर्ने लक्ष्यमा मैदान उत्रनेछ ।

हारले नेपालको यात्रा समूह चरणमै रोकिने छ । त्यसैले नेपाली टोली सचेत भएर माल्दिभ्सविरुद्ध उत्रनेछ । समूह चरणको पहिलो खेलमा किर्गिस्तानविरुद्धको खेलमा मन जित्ने प्रदर्शन गरेपनि नेपालले सोझो सेटमा गुमाएको थियो । नेपाली टोली घरेले भुमिमा समर्थकलाई निराश नबनाउने लक्ष्यमा हुनेछ ।

सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिपमा आज अन्य दुई खेल पनि हुनेछ । दिनको पहिलो खेलमा समुह ‘बी’ बाट उज्वेकिस्तान र अफगानिस्तान भिड्नेछन् । खेल दिउँसो ३ बजे सुरु हुनेछ । सेमिफाइनल नजिक पुगेको उज्वेकिस्तान शतप्रतिशत नतिजा आत्मसाथ गर्दै समूह विजेता बन्ने लक्ष्यमा हुनेछ । उज्वेकिस्तानले यसअघि तुर्केमिनिस्तान र बंगलादेशलाई सोझो सेटमा हराएको थियो । अघिल्लो चरण प्रवेश यात्रा सहज बनाउन अफगानिस्तानलाई समेत बलियो प्रतिद्वन्दीविरुद्व जित निकाल्न आवश्यक छ ।

अर्काे खेलमा साँझ ७ बजे तुर्केमिनिस्तान र बंगलादेश खेल्दैछ । अघिल्लो चरण प्रवेशको सम्भावना रहेको तुर्केमिनिस्तानलाई जित आवश्यक छ । पहिलो खेलमा तुर्केमिनिस्तानले अफगानिस्तानलाई हराएको थियो । बंगलादेशले भने उज्वेकिस्तानसंग हार ब्यहोेरेको थियो । बंगलादेशलाई समेत अघिल्लो चरण प्रवेशको गणितिय सम्भावना जिवित राख्न तुर्केमिनिस्तानविरुद्व जित आवश्यक छ ।
समुह ‘बी’ मा शीर्षस्थानको उज्वेकिस्तानको ६ अंक छ । तुर्केमिनिस्तानको ३ तथा अफगानिस्तानको २ अंक छ । अफगानिस्तानविरुद्ध १ अंक खोस्न सफल बंगलादेश तालिकाको पुछारमा छ ।

April 25, 2024

भुवनको एकल अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- भुवन नगरकोटी समग्रमा ७-अन्डर १ सय ९७ सहित ६ स्ट्रोकको अग्रता सहित सूर्य नेपाल काठमाडौं ओपनको तेस्रो दिन शीर्षस्थानमा रहेका छन्। आज भुवनले ५-अन्डर ६३ को उत्कृष्ट प्रदर्शन गर्दा दिनेश प्रजापतिलाई ६ स्ट्रोकले पछि पार्दै एकल अग्रता सहित उपाधि जित्ने संभावनालाई बलियो बनाएका छन्। भुवनले उत्कृष्ट दिनको सुरूवात सानदार गरे।‌ पहिलो, दोस्रो, […]

April 25, 2024

आर्मीमाथि एपिएफको रोमाञ्चक जित

काठमाडौं (हाम्रो खेलकुद) – साविक उपविजेता विभागीय नेपाल एपिएफ क्लबले सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित निकाल्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । एपिएफले आर्मीलाई ३–२ को सेटमा पराजित गर्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको हो । सुरुवाती दुई सेट जितेको एपिएफले त्यसपछि लगातार दुई […]

April 25, 2024

एपिएफ र आर्मी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – सातौं केएनपी नेरोलेक महिला भलिबल प्रतियोगिताको दोस्रो दिन बुधबार पनि दुई खेल हुँदैछन् ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा दिउँसो १ः०० बजे सुरु हुने खेलमा दुई विभागिय टोली साविक उपविजेता नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच हुनेछ । एपिएफल लगातार दोस्रो खेल जित्ने योजनामा हुनेछ भने आर्मी फाइनल प्रवेशको सम्भावनालाई […]

Success

Thank you for your time.