6 years ago
August 21, 2019
काठमाडौं (हाम्रो खेलकुद)– सिपोरा गुरुङले चर्चित क्लब न्यू डायमण्ड एकेडेमीबाट घरेलु भलिबलमा पुनरागमन गर्ने भएकी छिन् । अध्ययनको सिलसिलामा अमेरिकामा बस्दै आएकी सिपोरा केहि दिन अघि स्वदेश फर्केकी थिइन् । फर्केयता उनी न्यू डामण्डको टोलीसँग प्रशिक्षण गरिरहेकी छिन् ।

सिपोराले भलिबल सिकेकै ठाँउबाट पुनरागमनको तयारी गरेकी हुन् । पोखराको लामाचौरमा तीजको अवसरमा आयोजना हुने राष्ट्रिय भलिबल प्रतियोगितामा उनी न्यू डायमण्डको जर्सीमा उत्रने भएकी छन् ।
‘ अध्ययनको लागि केहि समयदेखि बाहिर थिए । बाहिर जानुअघि पनि म नियमित रुपमा ढोरपाटन भलिबल खेलिरहेको थिए,’ सिपोराले हाम्रो खेलकुद डटकमसँग भनिन्, ‘पोखरामा हुने भलिबल खेल्नका लागि न्यू डायमण्ड टोलीसँग अभ्यास गरिरहेको छु ।’
न्यू डायमण्डका प्रशिक्षक कुमार राईले पनि सिपोरा आफ्नो टोलीबाट खेल्ने सम्भावना रहेको बताए । पहिलाको राम्रो खेलाडीले खेल्ने इच्छा गरेकी छन्, उनले भने, उनको भावनाको कदर गर्दै अवस्था हेरेर खेलाउन सक्छौं । अझै सल्लाह हुन बाँकी छ ।
सिपोरा सोमबारदेखि सुरु भएको एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्प्यिनसिपको पहिलो दिन नेपालको खेल हेर्न पनि पुगेकी थिइन् । श्रीलंकामा सन् २००६ को दसौं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाली महिला टोलीले कास्य पदक जित्दा सिपोरा त्यसको सदस्य थिइन् । त्यत्ति बेला उनी टोलीकी उनी सबैभन्दा कान्छी(१४ वर्ष ) सदस्य थिइन् ।

भलिबलसँगै स्वदेशमा रहँदा उनी फिल्म क्षेत्रमा पनि सक्रिय थिइन् । उनले केहि चलचित्रमा समेत अभिनय गरेकी थिइन् । सन् २०१३ को मिस नेपालमा समेत भाग लिएकी सिपोराले नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना पल्सर स्पोर्टस अवार्ड अन्तर्गत पिपुल्स च्वाई अवार्ड पनि जितेकी थिइन् ।
अमेरिका रहँदै आफु राष्ट्रिय टोलीबाट खेल्न चाहेको तर आठौं राष्ट्रिय खेलकुदमा भाग लिन नसक्ने जानकारीसहितको पत्र सिपोराले नेपाल भलिबल संघलाई पठाएकी थिइन् । तर, भलिबल संघले उनको प्रस्तावलाई स्वीकार नगरेको महासचिव जितेन्द्रबहादुर चन्दले बताएका छन् ।
‘उनी कुनै बेलाको राम्रो खेलाडी हो । राष्ट्रिय टोलीबाट खेलिसकेको खेलाडी हुन् । तर पछिल्लो समय उनी देश बाहिर छिन् । हामीले उनको खेल हेरेका पनि छैनौं,’ महासचिव चन्दले भने,’ आठौं राष्ट्रिय खेलकुदको प्रदर्शनको आधारमा हामीले खेलाडी छनोट गर्ने निर्णय गरिसकेकाले सिपोराको प्रस्ताव मान्ने अवस्था थिएन । संघले सर्वसम्मतले उनको प्रस्तावलाई अस्वीकार गरेको थियो । ‘
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]