default_image

6 years ago

August 21, 2019

उज्वेकिस्तान सेमिफाइनलमा, अफगानिस्तान बाहिरियो

142 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– उज्वेकिस्तान समूह ‘बी’को विजेताका रुपमा एभिसी एसियन सेन्ट्रल जोन च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । च्याम्पियनसिपका सेमिफाइनल पुग्ने उज्वेकिस्तान दोस्रो टोली हो । लगातार दुई खेल जित्दै समूह एबाट कीर्गिस्तान यसअघि नै अन्तिम चारमा पुगेको हो ।


समूह चरणमा लगातार सबै तीन खेल जित्दै उज्वेकिस्तान ९ अंकका साथ अन्तिम चारमा पुगेको हो । लगनखेलस्थित नेपाली सेनाको कभर्ड हलमा बुधबार उज्वेकिस्तानले अफगानिस्तानलाई ३–० को सोझो सेटमा हराएको थियो । उज्वेकिस्तानले खेल २५–२३, २९–२७ र २९–२७ ले जितेको थियो ।

कडा टक्कर दिएर पनि अफगानिस्तान कुनै पनि सेट जित्न असफल रह्यो । च्याम्पियनसिप अघि नेपालसँग खेलेको दुवै मैत्रीपूर्ण खेल पनि अफगानिस्तानले समान ३–२ ले गुमाएको थियो ।
पहिला दुई खेलमा उज्वेकिस्तानले साविक विजेता तुर्केमिनिस्तान र बंगलादेशलाई हराएको थियो ।

तुर्केमिनिस्तानले अफगानिस्तानलाई हराउँदै ३ अंक जोडेको समूहमा अफगानिस्तानको २ अंक छ भने बंगलादेश अंक विहिन छ । आजै ७ बजे बंगलादेश र तुर्केमिनिस्तानबीच समूह ‘बी’को अन्तिम खेल हुनेछ । त्यो खेलको नतिजाले समूहको उपविजेताको टुंगो लगाउनेछ ।

आज दोस्रो खेलमा नेपाल र माल्दिभ्सबीच प्रतिस्पर्धा हुँदैछ । समूह एबाट कीर्गिस्तान यसअघि नै विजेताका रुपमा सेमिफाइनल पुगिसकेको छ । अब नेपाल र माल्दिभ्सबीचको विजेता समूह ‘ए’को उपविजेताका रुपमा अन्तिम चारमा पुग्नेछ ।

तीन वर्षअघि यहि प्रतियोगितामा पहिलो पटक कास्य पदक जितेको नेपालका लागि यसपटक पदक जित्ने सम्भावना जीवित राख्न आजको खेल जित्नै पर्ने बाध्यता छ ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.