6 years ago
August 21, 2019
काठमाडौं (हाम्रो खेलकुद)– लगातार दोस्रो खेलमा पराजित हुँदै नेपाल एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्प्यिनसिपको समूह चरणबाटै बाहिरिएको छ ।

अघिल्लो चरण प्रवेशका लागि जित्नै पर्ने बाध्यताकाबीच माल्दिभ्सविरुद्ध बुधबार उत्रेको नेपालले ३–० को सोझो सेटमा हार बेहोर्दै च्याम्पियनसिपको अघिल्लो चरण पुग्नबाट बञ्चित रह्यो । माल्दिभ्स २५–२२,२५–२१ र २५–१४ को सोझो सेटमा विजयी भएको थियो ।
तीन वर्षअघि माल्दिभ्सलाई नै हराएर यहि प्रतियोगितामा कास्य पदक जितेको नेपाली टोलीले यसपटक समूह चरणका दुवै खेल लगातार गुमाएको थियो । पहिलो खेलमा पनि नेपाल कीर्गिस्तानसँग ३–० ले पराजित भएको थियो । नेपाललाई हराएसँग समूह एको उपविजेताका रुपमा माल्दिभ्स सेमिफाइनलतर्फ अघि बढेको थियो ।

यसअघि ६ पटकको भेटमा नेपालले ४ खेल र माल्दिभ्सले दुई खेलमा जित हासिल गरेको थियो । तर, यसपटक घरेलु कोर्टमै नेपाली टोली कमजोर देखियो ।
लगनखेलस्थित नेपाली सेनाको कभर्ड हलमा भएको खेलमा झन्डै ४ हजार दर्शकलाई निराश पार्दै नेपाली टोली च्याम्पियनसिपको अघिल्लो चरण पुग्न असफल भएको थियो ।
बुधबार नै भएको खेलमा लगातार तीन खेल जित्दै उज्वेकिस्तान सेमिफाइनल प्रवेश गरेको थियो । समूह एबाट पनि कीर्गिस्तान यसअघि नै विजेताका रुपमा अघि बढिसकेको छ । अब नेपालले ५ औं स्थानका लागि समूह बीको तेस्रो टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]