default_image

6 years ago

August 22, 2019

‘खेलाडी नर्भस हुनु टर्निङ प्वाइन्ट’- नेपाली टोलीका प्रशिक्षक एबिङ

127 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु कोर्टमा पहिलो पटक आयोजना भएको एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा नेपालले कम्तिमा सेमिफाइनल सम्मको यात्रा गर्न सक्ला भन्ने अनुमान कतिपयको थियो ।

उद्घाटनको दिन भएको पहिलो खेलमा कीर्गिस्तानसँग ३–० को सोझो सेटमा नेपाली टोली हारेको थियो । त्यसलाई धेरैले स्वभाविक मानेका थिए । कम्तिमा माल्दिभ्ससँगको खेलमा नेपालले उच्च प्रदर्शन गर्नेछ र टोलीले सेमिफाइनलको यात्रा तय गर्ने अपेक्षा थियो ।

तर, सोचे जस्तो नतिजा आएन । नेपाल ३–० को सोझो सेटमा पराजित भयो । सुरुवाती दुई सेटमा केहि चुनौति दिएको नेपाली टोली तेस्रो सेटमा निकै कमजोर रुपमा प्रस्तुत भएको थियो । नेपाल २५–२२,२५–२१ र २५–१४ ले पराजित भएको थियो ।

नेपाली टोलीका प्रशिक्षक हान एबिङले दोस्रो सेटमा ४ अंकको अग्रता लिएर पनि सेट गुमाउनु नै हारको टर्निङ प्वाइन्ट रहेको बताए । ‘पहिलो सेट ठीकै रहेको थियो । दोस्रो सेटमा सुरुमै अग्रता लिदै हामी खेलमा अघि बढेका थियौं , उनले भने, एक सर्भिस र तीन स्पाइकमा अंक गुमाउदा खेलाडीमा नमर्सनेस देखिए । त्यही नै टर्निङ प्वाइन्ट बन्यो ।’

प्रशिक्षक एबिङले थपे, ‘सुरुवाती दुई सेट गुमाइसकेपछि नर्भस देखिएको खेलाडीले सोचेअनुरुप खेल्न नसक्दा तेस्रो सेट झनै बिग्रन पुग्यो । अब वरियताका लागि हुने खेलमा कमजोरीलाई सच्याउदै खेल्नेछौं ।’

यस्तै प्रशिक्षक एबिङले टोलीका लागि प्रशिक्षण र मैत्रीपुर्ण खेल पर्याप्त नरहेको समेत बताए । ‘हामीलाई यो दुई महिनाको अवधिमा कम्तीमा पनि स्तरीय टोलीसँग मैत्रीपुर्ण खेल खेल्नु आवश्यक थियो , नेदरल्यान्डका प्रशिक्षक एबिङले भने, तर, अन्तिममा अफगानिस्तानसँगको मैत्रपुर्ण खेल पाएपनि गल्ती सुधार्न पर्याप्त रहेन ।’ उनले किर्गिस्तान र उज्जेकिस्तानमध्ये एक च्याम्पियन बन्ने अनुमान गरे ।

टोलीका कप्तान इम बहादुर रानाले नयाँ र पुराना खेलाडीबीच तालमेल मिलाउन नसक्दा पराजित हुन पुगेको बताए । ‘मैले सहायक प्रशिक्षक सुदेश कुमार रिमाललाई अहिले सेटमा खेलिरहेका पुराना खेलाडी नै खेलाउ, तालमेल बिग्रन सक्छ भनेर भनेको थिए , उनले भने, उहाँले मुख्य प्रशिक्षकसमक्ष यो कुरा पु¥याउनु भयो या भएन थाहा भएन । तर, आज त्यस्तै अवस्था आयो ।’

कप्तान इम त्यतिमै रोकिएनन् । ‘सेन्ट्रल जोन दुईवर्ष अघि नै नेपालमा हुने तय थियो । यो संघका पदाधिकाररी सबैलाई थाहा थियो । तर, हामीले घरेलु भुमिमा हुने च्याम्पियनसिपका लागि दुई महिनाको समय मात्रै पायौ, उनले थपे, दुईवर्ष अघि तय भएको च्याम्पियनसिपलाई दुई महिनाभित्रमा हाम्रो परमपरागत कमजोरी रिसिभ र ब्लकमा नियमित प्रशिक्षण ग¥यौं । हामीले प्रयास ग¥यौ तर, केहीहदसम्म सफल भएपनि हामी चुक्यौं ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.