default_image

6 years ago

August 22, 2019

सेन्ट्रल जोन भलिबल – साविक विजेतालाई स्तब्ध पार्दै कीर्गिस्तान फाइनलमा

167 views

0 Bookmark

ललितपुर (हाम्रो खेलकुद) – साविक विजेता तुर्केमिनिस्तानलाई हराउँदै कीर्गिस्तान पाँचौ संस्करणको एभिसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपको फाइनल पुगेको छ ।

लगनखेलस्थित नेपाली सेनाको कभर्डहलमा बिहीबार पहिलो सेमिफाइनलमा तुर्केमिनिस्तानलाई ३–० को सोझो सेटमा हराउँदै कीर्गिस्तान उपाधि नजिक पुगेको हो । कीर्गिस्तानले फाइनलमा उज्वेकिस्तान र माल्दिभ्सबीचको विजेतासँग शनिबार फाइनल खेल्नेछ ।

पहिलो र चौथो संस्करणको विजेता तुर्केमिनिस्तानले भने अब तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ ।
तेस्रो संस्करणको च्याम्पियन कीर्गिस्तानले तुर्केमिनिस्तानलाई २५–१४,२५–१५ र २५-२२ ले पराजित गरेको थियो । कीर्गिस्तान र उज्वेकिस्तान च्याम्प्यिनसिपका दुई अपराजित टोली हुन् ।

आजै हुने अर्को सेमिफाइनलमा उज्वेकिस्तानले माल्दिभ्ससँग खेल्दैछ । उज्वेकिस्तान अपराजित रहेर समूह ‘बी’ को विजेताको रुपमा सेमिफाइनलमा पुग्न सफल भएको थियो । माल्दिभ्स समूह ‘ए’ को उपविजेता बन्दै अन्तिम चारको यात्रा तय गर्न सफल भएको थियो । माल्दिभ्स पहिलो संस्करणमा उपविजेता बनेको थियो । उज्वेकिस्तानले सेन्ट्रल जोनमा उल्लेख्य सफलता हात पार्न सकेको छैन ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.