6 years ago
August 27, 2019
काठमाडाैं (हाम्राे खेलकुद) – काठमाडौं म्याराथन १३ औं संस्करण पुसमा आयाेजना हुन भएको छ।

आयाेजक प्रो स्पोर्टस प्रा लि ले राजधानीमा मंगलबार पत्रकार सम्मेलनकाे आयाेजना गरि म्याराथनकाे १३अौं संस्करण डिसेम्वर २१ (पुस ५ गते ) मा आयाेजना हुने भएकाे जानकारी गराएकाे छ। प्राे स्पाेर्टस्ले यसअघि दशैं अघि आयाेजना गर्ने भएपनि यसपटक केही ढिला गरि आयाेजना गर्न लागिएकाे प्राे स्पाेर्टसकि कार्यकारी निर्देशक बागमती राईले जानकारी गराईन् ।
प्रो स्पोर्टसले पछिल्लो १२ वर्षदेखि काठमाडौं म्याराथन आयोजना गर्दै काठमाडौं शहरलाई म्याराथनमार्फत विश्व सामू चिनाउने उद्देश्य लिएकाे छ । पयर्टन आगमनका हिसाबले डिसेम्बरलाई अफ सिजन मानिन्छ । अफ सिजनमा पनि म्याराथनमार्फत विदेशीलाई नेपाल ल्याउन सकियोस् भन्ने उद्देश्यका साथ यसपटक केहि महिना पछि म्याराथन आयोजना गर्न लागेका आयाेजकले जानकारी गराएकाे छ ।
नेपाल सरकारले सन् २०२० लाई भ्रमण वर्षका रुपमा मनाउने तयारी गरिरहेकोले त्यसलाई टेवा पुग्ने हेतुले पनि हामीले त्यसको पूर्व सन्ध्यामा म्याराथन आयोजना गर्ने तयारी गरेका हौं ।
यसपटक हामीले बढी भन्दा बढी विदेशी खेलाडीले काठमाडौं म्याराथनमा भाग लिउन भन्ने उद्देश्यले युरोप, अमेरिका, जापान, भारतलगायतका देशमा एजेन्टहरुमार्फत यसको प्रचार सुरु गरिसकेका छौं । यसपटक ५ सय भन्दा बढी विदेशीको सहभागिता रहने अपेक्षा हामीले गरेका हौं ।
काठमाडौं म्याराथनको एयर लाइन्स पार्टनर्सको रुपमा ड्रागन एयर रहेको छ । इसेवा पेमेन्ट पाटर्नसको रहेको छ । डाइनिङ पार्क काठमाडौं म्याराथनको बेवरेज पाटर्नरका रुपमा रहेको छ ।
काठमाडौं म्याराथनमा महिला पुरुष म्याराथान, हाफ म्याराथन, कर्पोरेट रिेले, ५ किलोमिटर खुला दौड, ५ किलोमिटर छात्र-छात्रा दौड, ३ किलोमिटर ह्विलचियर दौड रहेको छ । यसपटक पहिलो पटक युवाहरुलाई लक्षित गर्दै फेमेली रन पनि राखेका छौं । गत वर्ष काठमाडौं म्याराथनमा ५ हजार भन्दा बढीले भाग लिएका थिए ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]