default_image

6 years ago

September 5, 2019

सागको लोगो र मस्कट मनास्लु लगिने

122 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को लोगो र मस्कट अंकित व्यानर ‘किलर माउन्टेन’ का परिचित मानास्लु हिमालको चुचुरोमा पु¥याइने भएको छ ।

आरोही प्रकाशराज पाण्डेले उक्त व्यानर ८ हजार १ सय ६३ मिटर उचाईको हिमाल मनास्लुको चुचुरोमा लान लागेका हुन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवालले सफलताको शुभकामना दिदै बिहीबार व्यानर पाण्डेलाई हस्तान्तरण गरे । मनास्लुको चुचुरोमा पु¥याएको व्यानरलाई सागको उद्घाटान समारोहमा हस्तान्तरण गर्ने पाण्डे जानकारी दिए ।

सेप्टेम्बर तेश्रो साता पाण्डे मनास्लु आरोहण गर्ने तयारीमा छन् । रामेछाप निवासी २८ वर्षे पाण्डेले विश्वको सर्वोच्च शिखर सगरमाथा, अमादब्लम र आईल्यान्ड पिकको १–१ पटक सफल आरोहण गरिसकेका छन् । उनले बडेन पावेल स्काउट पिकको पनि २ पटक सफल आरोहण गरिसकेका छन् ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.