default_image

6 years ago

September 10, 2019

नेपालगन्ज रंगशाला सञ्चालन कार्यविधि लागु

680 views

0 Bookmark

२१ करोडको पौडी पोखरी अझै अनिश्चय

टीएस ठकुरी
नेपालगन्ज- मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति प्रदेश ५ को कार्यालयले नेपालगन्ज रंगशाला परिसरमा निर्मित सम्पुर्ण भौतिक पुर्वाधार सञ्चालनको कार्यविधि सार्वजनिक गर्दा पौडी पोखरीका बारेमा मौनता देखाएको छ ।

सोमबार पत्रकार सम्मेलनमार्फत कार्यालयले रंगशाला परिसरमा निर्मित अत्याधुनिक फुटबल स्टेडियम, बहुउद्देश्यीय कभर्डहल, सुटिङ रेन्ज, भारोत्तोलन हल, बास्केटबल कोर्ट र ह्याण्डबल मैदान उपलब्ध गराउने सन्दर्भमा फरक फरक शुल्क निर्धारण गरेको जनाएको छ ।युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद लगायत सरकारी तथा गैरसरकारी सबै निकायलाई आवश्यक भेन्यु उपलब्ध गराएवापत निश्चित शुल्क लिने कार्यविधि पारित गरिएको क्षेत्रीय प्रशिक्षण केन्द्र निर्देशक जयन्तकुमार शर्माले बताए ।

प्रशिक्षकको मातहतमा नियमित प्रशिक्षणमा रहने खेलाडीदेखि शारीरिक तन्दुरुस्तीका लागि रंगशाला आउने सर्वसाधारणका लागि पनि दर्ता तथा मासिक शुल्क निर्धारण गरिएको निर्देशक शर्माले जानकारी दिए । खेलाडी तथा सर्वसाधारण सबैका लागि यो नियम असोज १ गतेदेखि लागु हुनेछ । रंगशाला व्यवस्थित र अनुशासित बनाउन पनि यो कार्यविधि लागु गरेका छौं ’ निर्देशक शर्माले भने––‘सबै नेपालगन्जवासीको सहयोगले करोडौंका भौतिक पुर्वाधार संरक्षण तथा सम्बद्र्धन हुनेमा विश्वस्त छौं ।’

राष्ट्रिय खेलकुद परिषदले भौतिक पुर्वाधार संरक्षण तथा सम्बद्र्धनका लागि बजेट निकासा नगर्दा समितिको गत महिना बसेको बोर्ड बैठकले आम्दानीको स्रोतका लागि पनि आवश्यक कार्यविधि पारित गरेको थियो । समितिका अध्यक्ष भिम ओलीसहित सबै पदाधिकारी तथा सदस्यहरुको कार्यकाल गत महिना सकिएपछि कार्यालयले पत्रकार भेटघाट गरेको हो ।

२१ करोड रुपैयाँको लगानीमा निर्मित पौडी पोखरीका बिषयमा भने कार्यालय बोलेको छैन । गत असार ६ गते तत्कालीन सदस्यसचिव केशवकुमार बिष्टले पौडी पोखरीको परिक्षण संचालन गराएका थिए । पौडीको प्राविधिक जनशक्ति नहुँदा पौडी पोखरी सञ्चालनमा कठिनाइ भएको कार्यालय प्रमुख बिष्णु शर्माले बताए ।
‘कम्तीमा दश जना जनशक्ति आवश्यक छ ’ उनले भने –‘केन्द्रले सुरुवाती चरणमा सहयोग नगरेसम्म हामीलाई स्थानीय स्तरमा खर्च व्यवस्थापन गारो छ ।’निर्माण कम्पनीले राखेपलाई हस्तान्तरण नगरेसम्म स्थानीय स्तरमा सञ्चालन गर्न नसकिने प्राविधिक कठिनाइ रहेको पनि उनले जानकारी दिए । ‘निर्माण कम्पनीले हस्तान्तरणको प्रक्रिया अघि बढाइसकेको छ ’ उनले भने–‘राखेपले अब सञ्चालनका बारेमा केही ठोस निर्णय पक्कै लिनेछ ।’

पौडी पोखरी सञ्चालनको अवस्थामा ल्याउन एक दशक लागेको छ । तत्कालीन युवा तथा खेलकुद मन्त्री गणेश तिवारी नेपालीले २०६६ सालमा शिलान्यास गरेको पौडी पोखरी मन्त्री दलजित श्रीपाइलीका पालामा बहुबर्षीय परियोजनामा परेपछि निर्माण कार्यले गति लिएको हो । पौडी पोखरी निर्माण कार्य पुरा हुँदासम्म नौ जना मन्त्री भइसकेका छन् ।

पौडी पोखरी निर्माण कार्य सम्पन्न भएपछि नेपालगन्जवासीमा उत्साह थपिएको छ । नेपालगन्ज देशकै सर्वाधिक गर्मी हुने ठाउँ भनेर चिनिन्छ । बर्षमा अधिकांस समय पौडीका लागि नेपालगन्ज उपयुक्त छ । त्यसैले पनि पौडी पोखरी आम्दानीको प्रमुख स्रोत बन्न सक्ने देखिन्छ ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.