default_image

6 years ago

September 13, 2019

दुवईमा प्रिन्स र सानियाको जोडीलाई पदक पक्का

199 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल जुनियर च्याम्पियन प्रिन्स दाहाल दुवईमा जारी दुवई जुनियर इन्टरनेसनल ब्याडमिन्टन सिरिजको यु–१९ ब्वाइजको सेमिफाइनलमा प्रवेश गरेका छन् । 

दुवईस्थित एनएएस स्पोर्टस् कम्प्लेक्समा शुक्रबार भएको क्वाटरफाइनलमा प्रिन्सले प्रतियोगिताको तेस्रो वरीयताका रोहन गुर्वानीलाई २–० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भएको हो । पहिलो सेटमा २१–१६ को सहज जित निकालेको प्रिन्सले दोस्रो सेट आफ्नो पक्षमा पार्न निकै मिहेनत गर्नुपरेको थियो ।

निकै प्रतिस्पर्धात्मक खेलमा प्रिन्स दोस्रो सेटमा २४–२२ ले विजयी हुन सफल भयो । अब प्रिन्सले सेमिफाइनलमा युएई शीर्ष तथा बसन्त कुमार राजेन्दरनसँग प्रतिस्पर्धा गर्ने प्रिन्सका व्यवस्थापक कमलेस निरौलाले जानकारी गराए ।

यसअघि मिक्स यु–१९ मा प्रिन्स र सानियाको जोडीले घरेलु टोली युएईका बसन्तकुमार राजेन्दरन र तानिका नितुको जोडीमाथि २–१ को सेटमा जित निकाल्दै सेमिफाइनलमा स्थान बनाउदै पदक पक्का गरेका हुन् । शुरुवाती सेट ९–२१ ले गुमाएपनि त्यसपछिको दुवै सेटमा प्रिन्सको जोडी २१–१९ र २१–१६ ले विजयी रहन सफल भयो । दुवै सेमिफाइनल शनिबार हुनेछ ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.