default_image

6 years ago

September 15, 2019

प्रिन्सलाई जुनियर ब्याडमिन्टनमा स्वर्ण पदक

202 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल जुनियर च्याम्पियन प्रिन्स दाहाल दुबईमा सम्पन्न दुबई जुनियर इन्टरनेसनल ब्याडमिन्टन सिरिजको यु–१९ ब्वाइजमा स्वर्णपदक जितेका छन् ।

 

दुवईस्थित एनएएस स्पोर्टस् कम्प्लेक्समा आइतबार भएको फाइनलमा प्रिन्सले प्रतियोगिताको शीर्ष वरीयताका तथा विश्वको नवौं वरीयताका भारतका वरुण कपुरलाई २–० को सोझो सेटमा पराजित गर्दै स्वर्णपदक हात पारेका हुन् ।

निकै नै प्रतिस्पर्धात्मक खेलमा प्रिन्सले गतवर्षको विजेता वरुण कपुरमाथि दुवै सेटमा २१–१९ र २१–१९ को जित निकालेका थिए । वरुण विश्व वरीयतामा नवौं स्थानमा रहेका छन् ।

प्रिन्सले सेमिफाइनलमा वसन्त कुमार राजेन्दरनलाई र क्वाटरफाइनलमा रोहन गुर्वानीलाई पराजित गरे । गतवर्ष प्रिन्सले यसै प्रतियोगिताको यु–१५ तर्फको उपाधि जितेको थिए ।

प्रिन्सले मिक्स डबल्समा सानिया चन्दसँग मिलेर रजतपदक हात पारे । यस्तै यु–१९ ब्वाइज डबल्समा नवहान नजिवसँग मिलेर रजतपदक हात पारेका थिए ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.