6 years ago
September 21, 2019
सुबास हुमागाईं, काठमाडौं
नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि दोस्रो चरणको खेलाडी छनोट सम्पन्न भएको छ । सुरुवाती २५ खेलाडीबाट ७ खेलाडी घटाउँदै सागका लागि १८ खेलाडी दोस्रो चरणमा छनोट गरिएको हो ।

यसअघि एभीसी एसियन सिनियर मेन्स सेन्ट्रल जोन भलिबलमा प्रभावशाली प्रदर्शन गरेका अपोजिट स्पाइकर राजकुमार निरौला टोलीमा समेटिएका छैनन् । छनोटमा सहभागी नभएपछि उनी लगायत गण्डकी प्रदेशका योगेन्द्र गुरुङ र सुजन चोखाल स्वत: छनोटबाट बाहिरिएका हुन् । छनोटमा सहभागी भएका २२ खेलाडीमध्य दुर्गा सुनार, भीम गाहा, सुरेन्द्र बम र भैरव बमले भने टोलीमा अटाउन सकेनन् । राष्ट्रिय टोलीको छनोटका लागि बुधबार र बिहीबार छनोट खेल संचालन गरिएको थियो ।
सागका लागि टोलीको प्रशिक्षण विरेन्द्र चौधरीले सम्हाल्ने भएका छन् । सेन्ट्रल जोनमा टोली सम्हालेका विदेशी प्रशिक्षक हान एबीङको सम्झौता नवीकरण हुन नसक्दा चौधरीले टोलीको जिम्मेवारी पाएका हुन् । अब १८ खेलाडी राखेप अन्तर्गत बन्द प्रशिक्षणमा रहनेछन् । सेन्ट्रल जोनका लागि पनि सुरुवाती १८ खेलाडी छनोटमा यिनै खेलाडी परेका थिए । त्यसबेला अन्तिम टोलीमा परेका राजकुमारको स्थानमा रविनले टोलीमा स्थान बनाएका छन् ।

सागका लागि घोषित १८ सदस्यीय टोली :
सेटर – ईम राना (कप्तान), हरिहजुर थापा, दुर्गा महतो
लिबेरो – इश्वर थापामगर, विनोद चन्द
ओपन स्पाइकर – कुलबहादुर थापा, धनबहादुर भट्ट, राजेन्द्र विष्ट, टेकराज अवस्थी, सरन सामरी
अपोजिट स्पाइकर – विशाल विक, राजु शेरचन, नरेन्द्र गिरी, रविन चन्द
मिडल ब्लकर – हरि अधिकारी, दुर्गा खड्का, द्वारिका थापा, दिपकराज जोशी
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]