6 years ago
September 21, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा आयोजना हुने भनिएको १३औं दक्षिण एसियाली खेलकुद (साग)को तयारीका लागि गल्फतर्फ नेपालको दुई टोली प्रतियोगितामा प्रतिस्पर्धा तथा प्रशिक्षणका लागि विदेश प्रस्थान गर्ने भएका छन् ।

चीनमा हुने एसियन एम्योचोर गल्फ च्याम्पियनसिप र थाइल्याण्डमा हुने ८५औं थाइ एम्योचोर ओपन गल्फ च्याम्पियनसिपमा सहभागिता जनाउन नेपाली टोली त्यसतर्फ जाने भएका हुन् । नेपाली टोलीमा सुवास तामाङ, शुक्र बहादुर राई, टंक बहादुर कार्की, राहुल विके र निरज तामाङ रहेका छन् । टोलीलाई दिपक थापामगर र धनबहादुर थापाले प्रशिक्षण दिइरहेका छन् । शनिबार नै एक कार्यक्रममाझ विदेश प्रस्थान गर्ने नेपाली खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव रमेश कुमार सिलवाल नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले बिदाई गरे ।
सागमा पदक जित्ने लक्ष्यमा रहेको टोलीलाई अन्तर्राष्ट्रिय एक्सपोजरका लागि सहभागि गराइएको नेपाल गल्फ संघले जनाएको छ । एसियन च्याम्पियनसिपमा विश्व वरीयताका आधारमा तीन खेलाडी सुवास तामाङ, शुक्र बहादुर राई र टंक बहादुर कार्कीले प्रतिस्पर्धा गर्नेछन् । विश्वकै प्रतिष्ठित प्रतियोगितामा पर्ने यसमा सहभागी हुन तीनै खेलाडीलाई विश्व वरीयताको आधारमा निमन्त्रणा आएको संघका अध्यक्ष घलेले जानकारी दिए ।

थाइ ओपनमा भने सबै ५ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । एसियन एम्योचोर गल्फ च्याम्पियनसिप २६–२९ सेप्टेम्बरमा सेन्सान इन्टनेसनल गल्फ क्लब सांघाई चीनमा हुनेछ । थाई एम्योचोर ओपन च्याम्पियनसिप १–४ अक्टोवरसम्म पान्या इन्द्र गल्फ क्लब बैंककमा हुँदैछ । नेपाली टोलीले एक साता सोही गल्फ क्लबमा रहेर प्रशिक्षण लिनेछन् । सागका लागि विशेष प्रशिक्षण दिलाउन विदेशी प्रशिक्षकका रुपमा किम बाल्डविन फेरी एकपटक नेपाल आउने अध्यक्ष घलेले जानकारी दिए ।

December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]