6 years ago
September 22, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरीले आफ्ना पुराना खेलाडीलाई आइतबार सम्मान गरेको छ । प्रहरीको खेलकुद समितिले प्रशिक्षक प्रशिक्षण कार्यक्रमका दौरान फुटबल टोलीका पूर्व कप्तानद्वय हरि खड्का, राकेश श्रेष्ठलगायतलाई सम्मान गरेको थियो ।
पुलिसले २०६३ देखि लगातार तीन पटक ए डिभिजन लिग जित्दै ह्याट्रिक गर्दा हरि र राकेश टोलीका महत्वपूर्ण सदस्य थिए । तेक्वान्दोकी मनिता शाही, एथलेटिक्सकी विना श्रेष्ठ र लामो समयदेखि पुलिसको तेक्वान्दो टोलीलाई प्रशिक्षण दिदै आएका दक्षिण कोरियाली प्रशिक्षक क्वान वेङ दाललाई सम्मान गरिएको थियो । एआइजीले उनीहरुलाई सम्मान पत्र प्रदान गरेका थिए ।
यसैबीच, पुलिसको आन्तरिक भलिबल प्रतियोगिता आइतबार सुरु भएको छ । प्रतियोगितामा पुलिसका ७ प्रदेशका टोली, मेट्रो, प्रहरी प्रधान कार्यालय र प्रहरी प्रतिष्ठानका गरि १० टोलीको सहभागिता रहेको प्रहरी निरक्षक भरत शाहले जानकारी दिए ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर महानगरपालिका ८ का रुविन महर्जन र शिवसताक्षी ८ की इभाना थापाले पाँचौं अल नेपाल अन्तरवडा राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । खुला सिंगल्सको पुरुषमा रुविन र महिलामा इभाना च्याम्पियन बनेका हुन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शनिवार भएको पुरुष फाइनलमा रुविनले ललितपुर १६ का संयोग कपालीलाई ४–११, ११–८, […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेप्लिज तेक्वान्दो एकेडेमी १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी) को टिम च्याम्पियन बनेको छ । राष्ट्रिय खेलुकद परिषद्को कभर्डहलमा शनिवार सम्पन्न भएको प्रतियोगितामा नेप्लिज तेक्वान्दोले सर्वाधिक ४५ स्वर्ण, ३२ रजत र ३१ कास्य पदक जित्यो । कोटेश्वर तेक्वान्दो डोजाङ दोस्रो र चन्द्रागिरी तेक्वान्दो डोजाङ तेस्रो भयो । कोटेश्वरले ३१ स्वर्ण, […]
December 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) ले एलए ओलम्पिक, एसियाली खेलकुद र युथ ओलम्पिकका गरि १४ खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको छ। सन् २०२८ मा हुने एलए ओलम्पिकका लागि विभिन्न ८ खेलका समान खेलाडीले छात्रवृत्ति प्राप्त गरेका छन्। एलए ओलम्पिकसम्मका लागि तयारीका लागि मासिक १ हजार १ सय २५ अमेरिकी डलर प्राप्त गर्नेछन्। यसरी ओलम्पिक […]