default_image

6 years ago

September 23, 2019

बाह्रखरी एभरेष्ट गल्फ दुई चरणमा हुने

186 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– बाह्रखरी मिडिया प्रालिको वार्षिक इभेन्ट ‘आमन्त्रण गल्फ प्रतियोगिता’को तेस्रो संस्करण अक्टोबरमा आयोजना हुने भएको छ । बाह्रखरी मिडियाले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताले देशको प्रचारप्रसार गर्नुका साथै खेल भावनालाई प्रोत्साहन गर्ने र नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धनमा समेत सहयोग पुग्ने अपेक्षा राखेको बताइएको छ ।

बाह्रखरी मिडियाले यस वर्षको गल्फ सगरमाथा क्षेत्रमा आयोजना गर्ने भएको छ । यो प्रतियोगिताको नाम ‘एनसेल प्रिजेन्ट्स बाह्रखरी एभरेष्ट गल्फ २०१९’ रहेको छ । प्रतियोगिता नेपाल पर्यटन बोर्ड तथा भिजिट नेपाल इयर २०२० को सहकार्यमा गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

प्रतियोगिता दुई चरणमा हुनेछ । पहिलो २० अक्टुबर २०१९ का दिन ४२ सय ५० मिटर उचाइमा रहेको कोङ्दे री मा खेलाइनेछ, जहाँ ४० बढी कर्पोरेट गल्फरले एक पार–३ कोर्समा प्रतिस्पर्धा गर्नेछन् । दोस्रो चरणमा, सबै गल्फरले अक्टुबर २६ का दिन काठमाडौंको गोकर्ण गल्फ रिसोर्टमा बाँकी रहेका १७ होल खेल्नेछन् ।

दोस्रो चरणमा अन्य खेलाडी पनि सहभागी हुनेछन् । दुई चरणमा गरी करिब सय गल्फरले प्रतिस्पर्धा गर्ने गोकर्ण गल्फ क्लबका वरिष्ठ निर्देशक दीपक आचार्यले जानकारी दिए । प्रतियोगितामा बाह्रखरी गोल्डेन बल तथा अन्य आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । गोकर्ण गल्फ क्लबको प्राविधिक सहयोगमा सगरमाथाको कोङ्दे रीमा वान होल गल्फ कोर्स तयार भइरहेको छ ।

 

यो प्रतियोगिता नेपालको सबैभन्दा उचाइमा गरिएको पहिलो खेल रहेको दाबी गरिएको छ । यो प्रतियोगिता संसारकै सबैभन्दा अग्लो ठाउँमा खेलिएको ‘रेकर्ड ब्रेकिङ गल्फ इभेन्ट’ हुने अपेक्षा आयोजकको छ । नेपाल भ्रमण वर्षको पूर्वसन्ध्यामा हुन लागेको यस प्रतियोगितामा भारत, चीन, अमेरिका, सिङ्गापुर, श्रीलंका, हङकङ, बेलायतलगायतका मुलुकबाट पत्रकार आमन्त्रित गरिएको छ ।

साथै, सीएनएन, बीबीसी, रोयटर्स, एपी, एएफपी, ब्लुमबर्गजस्ता अन्तर्राष्ट्रिय समाचार संस्थालाई पनि आमन्त्रण गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । पत्रकारहरुको आगमनले विश्व मानचित्रमा नेपालमा गल्फ साथै पर्यटन प्रवद्र्धन गर्ने अपेक्षा आयोजकको छ ।

प्रतियोगितालाई भाटभटेनी सुपर मार्केट्स तथा सिभास रिगलले सहप्रायोजन गरेका छन् । थाई इन्टरनेसनल एयरलाइन्स पार्टनर, काल्र्सबर्ग बेभरेज यसका पार्टनर रहेका छन् भने ग्लोबल आईएमई बैंक प्रतियोगिताको बैकिंङ पार्टनर तथा टाटा मोटर्स एच फाइभ भेहिकल तथा होल–ईन–वान पार्टनर रहेको छ ।

पत्रकार सम्मेलनमा नेपाल भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्यले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्दै नेपालको पहिचानका लागि गरिएको कार्यक्रम भएको हुनाले आफूहरुले सहकार्य गरेको बताए ।

नेपाल पर्यटन बोर्डका सीईओ दीपकराज जोशीले भिजिट नेपाल २०२० को पूर्वसन्ध्यामा बाह्रखरीले आयोजना गरेको यस कार्यक्रममा विश्वभरबाट पत्रकार आउनु सकारात्मक विषय भएको बताए । उनले भने,‘विश्वभरका मिडियाको चासो सगरमाथाप्रति देखिन्छ । यो संसारभर समाचारको विषय पनि हो।’

बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधानले नेपालको पर्यटन प्रवद्र्धनमा सहयोगका लागि यो प्रतियोगिता आयोजना गरिएको बताए । ‘यो नेपालकै लागि गरिएको कार्यक्रम हो,’उनले भने,‘नेपालको प्रमोसनका लागि हामीले प्रतियोगिता आयोजना गरेका हौं।’

बाह्रखरी मिडियाका प्रबन्ध सम्पादक राजेश केसीले पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी गराउँदै मुलुकको जीडीपी बढाउन पर्यटन नै महत्वपूर्ण भएको बताए ।

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

Success

Thank you for your time.