default_image

6 years ago

September 25, 2019

विश्व पर्यटन दिवसमा गल्फ हुने

139 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विश्व पर्यटन दिवसको अवसरमा शुक्रबार एक दिने ‘वल्ड टुरिजम डे गल्फ’ प्रतियोगिता आयोजना हुने भएको छ । नेपाल गल्फ संघले बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै भ्रमण वर्ष २०२० लाई प्रवर्दन गर्ने उदेश्यले आयोजना गर्न लागिएको जानकारी गराए ।

गोकर्ण गल्फ क्लबमा हुने प्रतियोगिता १८ होलको स्टेबल ३÷४ हेन्डीक्यापमा हुनेछ । प्रतियोगितामा करिब विदेशी र नेपाली गरी करिव ८० गल्फरको सहभगिता रहने गोकर्ण गल्फ रिसोर्टका निर्देशक दीपक आचार्यले जानकारी गराए । प्रतियोगितामा थाइल्याण्ड, मलेसिया, कोरिया र इन्डोनेसियाका खेलाडीले समेत सहभागिता जनाउने छन् ।

नेपाल टुरिजम बोर्ड र गोकर्ण गल्फ क्लबको सहकार्यमा हुने प्रतियोगिताको विजेतालाई अफिसियल एयरलाइन्स पार्टनर थाई एयरले २ टिकट उपलब्ध गराउने छ । प्रतियोगिताको विजेता, उपविजेता, तेस्रो, चौंथो र पाँचौं महिला विजेता, उपविजेता, सिनियर विजेतालाई पुरस्कृत गरिनेछ ।

यस्तै क्लोजेट टू पिन, लङ्गेस्ट ड्राइभ, मोस्ट बर्डिज, बेस्ट ग्रोसको विजेतालाई पनि पुरस्कृत गरिने छ । प्रतियोगितामा होल इन वान गर्नेले कियाको गाडी पाउने आयोजकले जनाएको छ ।

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

Success

Thank you for your time.