6 years ago
September 26, 2019
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली ब्याडमिन्टन स्टार रत्नजित तामाङ, दिपेश धामी, प्रिन्स दाहाल र नवीन श्रेष्ठ योनेक्स सनराइज अन्नपुर्ण नेपाल इन्टरनेसनल ब्याडमिन्टन सिरिजको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बिहीबार भएको पुरुष एकलमा नेपाल नम्वर वान रत्नजित तामाङले नेपालकै विष्णु कटवालाई २१–७ र २१–१२ को सोझो सेटमा हराएर अन्तिम आठमा पुग्न सफल भए ।
नेपालको दोस्रो वरीयताका दिपेश धामीले पुर्व नेपाल च्याम्पियन बिकास श्रेष्ठलाई २१–१५ र २१–१३ ले हराउदै क्वाटरफाइनलमा पुग्न सफल भए । नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहालले मलेसियाका दातु मोद शाह इज्लान सार्दिकलाई २–१ को सेटमा पराजित गरे । पहिलो सेट १५–२१ ले गुमाएपनि प्रिन्सले त्यसपछिको दुवै सेट २१–१७ र २१–१३ ले जित्न सफल भयो ।
पुरुष एकलमै नवीन श्रेष्ठले अष्ट्रेलियाका ड्यानियल फानलाई २–१ को सेटमा पराजित गरे । नवीनले पहिलो सेट २१–१५ ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेट १८–२१ ले गुमाएपनि तेस्रो सेट २१–१६ ले आफ्नो पक्षमा पार्न सफल भएको थियो ।
पुरुष एकलमा भारतका स्वर्णाज बोरा, मलेसियाका सेङ जोइ यह, बंगलादेशका मोहम्मद सलमान खान र भारतका कार्तिके गुल्सान कुमारले अन्तिम आठको यात्रा तय गरे । महिला एकलमा नेपालकी सीता राई र सीमा राजवंशीले क्वाटरफाइनल यात्रा तय गरिन् । सीताले नेपालकै लोक्तमा राईलाई २१–१६ र २१–१७ ले हराइन् ।
सीमाले नेपालकै सुनैना मुखियालाई २१–१७ र २१–१७ ले पाखा लगाइन् । जापानकी युरी नाकामुरा, चिका सिङ्गेयामा, ताइपेइका युइ चेय र भारतकी गायत्री गोपीचन्द पुलेला र समिया इमाद फारोकुईले अन्तिम आठको यात्रा तय गरिन् । नेपालकी नङ्सलदेवी तामाङले खेल्न बाँकी छ ।
पुरुष डबल्स्मा नेपालका रत्नजित तामाङ र दिपेश धामीको जोडीले नेपालकै सुरोज महर्जन र साजनकृष्ण ताम्रकारको जोडीलाई २१–१३ र २१–१७ ले हराए । प्रिन्स दाहाल र नवीन श्रेष्ठको जोडी, बिकास श्रेष्ठ र बिजित थापामगरको जोडी र इरफान अन्सारी र रियाज अन्सारीको जोडी क्वाटरफाइनलमा पुग्न सफल भए ।
मलेसियाका इजात फरहान र जाचारी चोइङ सेन सियाको जोडी तथा भारतका प्रतिक रनादे र एक्सन सेट्टीको जोडी, हिमांशु मित्तल र शुभम शर्माको जोडी र रोहन कपुर र सौरह शर्माको जोडीले पनि अन्तिम आठको यात्रा तय गरे ।
मिक्स डबल्स्मा नेपालका रत्नजित र नङ्सलदेवीको जोडी, दिपेश र शोभाको जोडी, नवीन श्रेष्ठ र अनुमाया राईको जोडी, गौतम कठायत र सम्झना शर्माको जोडीले क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । भारतका कृतेश धिन्दवाल र अनुभा कौसिकको जोडी र थाइल्यान्डका बोवर्नवान्तानुवोङ फुथापन इन्डोनेसियाका रिरिन एमेलियाको जोडीले क्वाटरफाइनलमा स्थान बनाए ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]