6 years ago
September 27, 2019
काठमाडौं (हाम्रो खेलकुद) – प्रिन्स भण्डारीले ‘वल्ड टुरिजम डे’ गल्फ प्रतियोगिताको उपाधि जितेको छ । विश्व पर्यटन दिवसको अवसरमा शुक्रबार गोकर्ण गल्फ रिसोर्टमा एक दिन आयोजना भएको गल्फ प्रतियोगितामा प्रिन्सले १८ ह्यान्डीक्यापमा ४० स्टेबलफोर्ड अंकसहित उपाधि जित्न सफल भएका हुन् ।
उपाधिसँगै प्रिन्सले थाइ एयरवेजबाट थाइल्यान्ड भ्रमणको टिकटका साथै ट्रफी मेडल र प्रमाणपत्र पाए । किसन अग्रवालले ३७ अंक जोड्दै दोस्रो स्थान हात पारे । हरि थापा ३६ स्कोरसहति तेस्रो भए । समान ३६ अंक नै रहेपनि टासी दोङ चौथो भए । ३५ अंक जोडेको सुरेन्द्र फुयालले पाँचौ स्थान हात पारे ।
वाङ्चेन डन्डुप, टासी छिरिङ र टासी दोङ संयुक्त रुपमा बेस्ट ग्रस गर्ने खेलाडी बने । ३५ स्टेबलफोर्ड अंकमा डन्डुपले १९, टासीले १८ तथा दोङले १७ स्कोर गरे ।
सिनियर ६० वर्षमाथि दमन घलेले ३६ अंक जोड्दै उपाधि जिते । कास्मिरा शाह २८ अंकसहित महिलामा विजेता बनिन् ।
सुरेन्द्र फुयालले लङ्गेस्ट ड्राइभको उपाधि जिते । टासी छिरिङले क्लोसेट टु दि पिन, चार बर्डिजसहति विजय श्रेष्ठले मोस्ट बर्डिजको उपाधि जिते ।
नेपाल गल्फ संघको आयोजना तथा नेपाल टुरिजम बोर्डको सहयोगमा पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै आयोजना भएको एक दिने प्रतियोगितामा ३० विदेशी र ४५ नेपाली गल्फरले प्रतिस्पर्धा गरेका थिए ।
विजयी खेलाडीहरुलाई संस्कति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका राज्यमन्त्री धन बहादुर बुढा, नेपाल गल्फ संघका अध्यक्ष टासी घले, मलेसियाका टान श्री एसे, गोकर्ण गल्फ क्लबका क्याप्टेन जोसेफ नाथन र थाइ एयरवेजका जनरल म्यानेजर नारिनटर्न सुखासिमले पुरस्कृत गरे ।
प्रतियोगितालाई होटल रोयल सिंगी, गोकर्ण फरेस्ट रिसोर्ट, ब्यालेन्टाइन, वार्सेटाइनर र किया मोटर्सले सहयोग गरेको थियो ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]