6 years ago
September 30, 2019
बुटवल (हाम्रो खेलकुद)– नेपाल डोरितान सघं प्रदेश ५ को अध्यक्षमा नवराज खरेल चयन भएका छन । सोमबार बुटवलमा भएको भेलाले खरेलको अध्यक्षतामा प्रदेश तदर्थ समिति गठन गरेको हो ।
प्रदेश संघको उपाध्यक्षमा उपाध्यक्षमा मिनराज बेल्वासे, सचिवमा कपिल ज्ञवाली,सहसचिवमा माधव महरा,कोषाध्यक्षमा विजय कोइराला चयन भए । सदस्यमा रोम बहादुर थापा, रितमान मगर, भिम बहादुर थापा, कृष्ण प्रसाद गौतम, बाबुराम खड्का, धनराज डिसी,एल.बी.श्रेष्ठ, समिर सिद्धिकी, चन्द महत,संगम थापा, दिपक न्यौपाने (प्रचार प्रसार संयोजक ) रहेका छन् ।
नेपाल डोरितान संघका अध्यक्ष भवानी पौडेलले प्रदेश संघले आफ्नो क्षेत्रमा खेललाई अघि बढाउनेमा विश्वास व्यक्त गरे । उनले प्रतियोगिता आयोजना गर्दै स्थानिय खेलाडीलाई प्राथमिकतामा राख्न सल्लाह दिए ।
December 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) ले एलए ओलम्पिक, एसियाली खेलकुद र युथ ओलम्पिकका गरि १४ खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको छ। सन् २०२८ मा हुने एलए ओलम्पिकका लागि विभिन्न ८ खेलका समान खेलाडीले छात्रवृत्ति प्राप्त गरेका छन्। एलए ओलम्पिकसम्मका लागि तयारीका लागि मासिक १ हजार १ सय २५ अमेरिकी डलर प्राप्त गर्नेछन्। यसरी ओलम्पिक […]
December 18, 2025
काठमाडाैं (हाम्रो खेलकुद)- आयोजक बिआइए इन्स्टिच्युटले पहिलोपटक आयोजना भएको ह्विलचेयर रग्बी मैत्रीपूर्ण प्रतियोगिताको उपाधि जितेको छ। बौद्धस्थित डाउनटाउनमा बिहीवार भएको खेलमा बिआइएले स्पाइनल इन्जरी संघ नेपाललाई ५-३ स्कोरले हराउँदै उपाधि हात पारेको हो। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५, नेपाल रग्बी संघ तथा नेपाल स्पाइनल कर्ड इन्जरी संघको सहयोगमा सम्पन्न यो प्रतियोगिता नेपालमा ह्विलचेयर रग्बी खेलको […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]