6 years ago
October 3, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली सेनाले पहिलोपटक विश्व सैन्य गेम्समा सहभागी जनाउने भएको छ । अन्तर्राष्ट्रिय सैन्य खेल परिषद् (सीआईएसएम) को आयोजनामा चीनको वुहान सिटीमा आयोजना हुन लागेको सातौ संस्करणमा नेपाली सेनाले सहभागिता जनाउन लागेको हो ।
नेपाली सेनाले गतवर्ष मात्रै सीआईएसएमको सदस्यता प्राप्त गरेको थियो । सदस्यता प्राप्त गरेसँगै सेनाले सहभागिता जनाउने भएको हो । प्रतियोगितामा २५ खेल हुने भएपनि नेपाली सेनाले १३ खेलमा सहभागिता जनाउन लागेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक विज्ञानदेव पाण्डेले बताए ।
नेपाल आर्मीले आर्चरी, ब्याडमिन्टन, बक्सिङ घोडचडी, फेन्सिङ, जुडो, ट्रायथलन, ट्र्याक एन्ड फिल्ड, तेक्वान्दो, बिच भलिबल, कुस्ती, मोर्डन पेन्टाथन र सुटिङमा सहभागिता जनाउन लागेको प्रतियोगिताका सेफ दि मिसन शशि किरण रायमाझीले जानकारी गराए । खेलाडी र अफिसियल गरी ६४ जनाको टोली रहेको छ । जसमा ४० खेलाडी, अफिसिल रेफ्री, मेडिकल गरी २१ जना, मिडियाकर्मी दुई जना आर्मी र एक जना राससको गरी तीन जना रहेको छ ।
प्रतियोगिताको उद्घाटन समारोहमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसमेत सहभागी हुनेछन् । हवाई टिकट खर्च नेपाल आर्मीले ब्यहोर्नेछ भने अन्य बसोबास र खानाको खर्च आयोजकले व्यहोर्ने निर्देशक पाण्डेले बताए । प्रतियोगितामा १०५ देशका १० हजार ७१९ आर्मी खेलाडी तथा अफिसियल सहभागी हुँदैछन् ।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीसँग आबद्ध रहेको सीआईएसएमले अन्तर्राष्ट्रियस्तरका पाँचवटा प्रतियोगिता गर्दै आएको छ । सीआईएसएम वल्र्ड समर गेम्स, विन्टर गेम्स हरेक चार वर्षमाहुनेछ । वल्र्ड च्याम्पियनसिप, महादेशीय र क्षेत्रीय च्याम्यिनसिप प्रत्येक वर्ष आयोजना हुदै आएको छ । वल्र्ड क्याडेट गेम्स प्रत्येक दुई वर्षमा तथा सीआईएसएम वल्र्ड कप प्रत्येक चार वर्षमा हुने गर्दछ । १९९५ बाट यो गेम्स सुरु भएको भए पनि नेपालले २४ वर्षपछि सहभागिता जनाउन लागेको हो ।
सातौं सीआईएसएम विश्व सैन्य गेम्सका सहभागीहरू
प्रतिनिधि मन्डल प्रमुख – चन्द्रबहादुर सिंह
सेफ दि मिसन – शशिकिरण रायमाझी
डेपुटी सेफ दि मिसन – नवीन्द्रबहादुर शाह
मिडिया – ईश्वरकुमार श्रेष्ठ, देवकुमार माझी र नारायाणप्रसाद न्यौपाने (रासस)
अफिसियल – राजेश बस्नेत, दुर्गाराज सिंह, राम श्रेष्ठ (कोच), गगनबहादुर महतरा, संगम लम्साल, ओक कालाथोकी र सुनिता महर्जन
आर्चरी – रोशन नगरकोटी, मित्रा राई
ब्याडमिन्टन – रत्नजित तामाङ, नवीन श्रेष्ठ र अनुमाया राई
एथलेटिक्स – देवीबहादुर बस्नेत (कोच), कृष्णबहादुर बस्नेत, सोमबहादुर कुमाल, डिल्ली खत्री, विश्वरूपा बुढा, सरस्वती भट्टराई, तुलसा खत्री र सरस्वती चौधरी
जुडो– शवबहादुर बराम (कोच) पवनकुमार श्रेष्ठ, निर्मला घर्तीमगर र पुनम श्रेष्ठ
कुस्ती – सुशिला चन्द्र
फेन्सिङ – जलेन्द्रबहादुर शाही र इन्दिरा पौडेल
तेक्वान्दो – दान बहादुर ऐरी (कोच) र दीपेन्द्र ढकाल (रेफ्री), सागर गुभाजु, ज्ञानेन्द्र हमाल, रामदत्त भट्ट, सक्षम कार्की, काजल श्रेष्ठ, युनिशा राई र नम्रता तुलाधर
सुटिङ – मीरा बन्जारा र कल्पना परियार
ट्रायथलन – विक्रम राई (कोच), वसन्त थारू र दीपेश चौधरी
बक्सिङ – देवेन्द्रराज सिंह ठकुरी, उमेश लामा (कोच), सुदन गुरुङ (कटम्यान), तेजबहादुर देउवा, दीपक श्रेष्ठ, आशिष दवाडी, मिनु गुरुङ, पुनम रावल
बिच भलिबल – दानेश्वर अधिकारी (कोच), मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनार
घोडचडी – रुद्रबहादुर कटुवाल (कोच), खिलधोज खड्का र ओमप्रकाश यादव
मोर्डन पेन्टाथलन – सुविराज याक्खा र रामबहादुर घिमिरे
डाक्टर – सुशील रानामगर
December 18, 2025
काठमाडाैं (हाम्रो खेलकुद)- आयोजक बिआइए इन्स्टिच्युटले पहिलोपटक आयोजना भएको ह्विलचेयर रग्बी मैत्रीपूर्ण प्रतियोगिताको उपाधि जितेको छ। बौद्धस्थित डाउनटाउनमा बिहीवार भएको खेलमा बिआइएले स्पाइनल इन्जरी संघ नेपाललाई ५-३ स्कोरले हराउँदै उपाधि हात पारेको हो। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५, नेपाल रग्बी संघ तथा नेपाल स्पाइनल कर्ड इन्जरी संघको सहयोगमा सम्पन्न यो प्रतियोगिता नेपालमा ह्विलचेयर रग्बी खेलको […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]