default_image

6 years ago

October 13, 2019

शुक्रलाई भुटानमा एमेच्योर गल्फ उपाधि, शीर्ष ५ मा ४ नेपाली

157 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली नम्बर एक एमेच्योर गल्फर शुक्रबहादुर राईले २८ औं भुटान ओपन एमेच्योर च्याम्पियनसिपको उपाधि जितेका छन् । रोयल थिम्पु गल्फ क्लबमा आइतबार सम्पन्न च्याम्पियनसिपमा भुटानी जिवाङ गुरुङलाई एक स्ट्रोकले पछि पार्दै शुक्रले उपाधि जितेका हुन् ।

अन्तिम दिन इभन पार ७० को कार्ड बनाएका शुक्रबाले ७२ होलमा कुल ४ अन्डर २ सय ७६ को प्रदर्शन गरेका थिए । दोस्रो भएका भुटानी जिवाङले अन्तिम दिन १ अन्डर ६९ को कार्ड बनाएका थिए । भुटान ओपन जित्ने शुक्र तेस्रो नेपाली गल्फर बनेका छन् । यअसघि दीपक थापा मगरले सन् १९९३ मा र टंकबहादुर कार्कीले २०१७ मा उपाधि जितेका थिए ।

पहिलो दिन ३ ओभर ७३ को प्रदर्शन गरेका शुक्रबारले दोस्रो दिन उच्च प्रदर्शन गर्दै ९ अन्डर ६१ को कार्ड बनाए । त्यस्तै उनले तेस्रो दिन शनिबार २ ओभरमा ७२ को प्रदर्शन गरे । च्याम्पियनसिपमा सहभागी अन्य तीन खेलाडीले शीर्ष ५ मा रहँदै च्याम्पियनसिपको अन्त्य गरे । सुवास तामाङले तेस्रो स्थान प्राप्त गरे ।

अन्तिम दिन ३ ओभरमा ७३ को कार्ड बनाएका सुवासले समग्रमा २ ओभरमा २ सय ८२ को प्रदर्शन गरेका थिए । दुई वर्षअघिका च्याम्पियन टंकले २ सय ८५ को प्रदर्शनका साथ चौथो स्थान प्राप्त गरे । त्यस्तै निरज तामाङ (२८८) पाँचौं भए । अन्तिम दिन टंकले इभन पार ७० र निरजले ४ ओभर ७४ को कार्ड बनाए ।

टिम इभेन्टमा भने शुक्र र सुवासको जोडी दोस्रो भएको थियो । भुटानी जोडी विजयी भएको थियो । भुटान गल्फ संघको आयोजनामा भएको च्याम्पियनसिपमा नेपाल, भुटान, भारत र भुटानका गरि ८० खेलाडीको सहभागिता थियो ।

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

Success

Thank you for your time.