default_image

6 years ago

October 23, 2019

ई-स्पोर्ट्स च्याम्पियन्सिप तथा एक्स्पो शुक्रबारदेखि

221 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ई-स्पोर्ट्स संघ (नेसा) ले दोस्रो ई-स्पोर्ट्स च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको छ । च्याम्पियन्सिपको विजेताले ९ लाख रुपैयाँ बराबरको पुरस्कार प्राप्त गर्ने छन् ।
काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारदेखि २ दिन हुने ई-स्पोर्ट्स च्याम्पियनसिपमा खेलतर्फ डोटा-२, काउन्टर स्ट्राइक ग्लोबल अफेन्सीभ (सीएस-गो), फ्रि-फायर र फिफामा प्रतिस्पर्धा हुनेछ । यसपटकको डोटा च्याम्पियन डिसेम्बर ११ देखि १५ सम्म दक्षिण कोरियाको सोलमा हुने ११ औं विश्व च्याम्पियनसिपका लागि छनोट हुने जानकारी दिएको छ । ई-स्पोर्ट्स च्याम्पियनसिपमा एकल विधातर्फ फुटबल खेलको प्रसिद्ध खेल ‘फिफा’ मा पनि प्रतिस्पर्धा हुनेछ । सबै खेलको विजेताले नगद पुरस्कार प्राप्त गर्नेछन् । यस्तै कस्प्ले र क्लासरुम रकर्समा पनि प्रतिस्पर्धा हुनेछ । कस्प्ले भन्नाले ‘कस्टम प्ले’ अर्थात एनिमेसन र कार्टुन क्यारेक्टरको पहिरनमा सजिनु हो । क्लासरुम रकर्समा विभिन्न कलेज तथा स्कुलका संगीत ब्यान्डहरुले प्रतिस्पर्धा गर्नेछन् । नेसाले सबै खेल गरेर कम्तिमा ८ सय खेलाडीले सहभागिता जनाउने अनुमान गरेको छ । पुरस्कार राशी : डोटा-२ : विजेता – ५० हजार, उपविजेता – २० हजार, सेमिफाइनल पुगेका दुवै टोलीलाई १०-१० हजार सीएस-गो  : विजेता – ५० हजार, उपविजेता – २० हजार, सेमिफाइनल पुगेका दुवै टोलीलाई १०-१० हजार फिफा : विजेता – १० हजार, उपविजेता – ४ हजार, सेमिफाइनल पुगेका दुवै टोलीलाई २-२ हजार कस्प्ले : शीर्ष ५ मा पर्ने सबै विजेताले जनही १०-१० हजार क्लासरुम रकर्स : विजेता – २० हजार, उपविजेता – १० हजार फ्रि-फायर : विजेता – २० हजार, उपविजेता – १० हजार नगद पुरस्कारसँगै विजेताहरुले विभिन्न छात्रवृत्ति तथा खेलसँग जोडिएका सामग्रीहरु प्राप्त गर्नेछन् । सबै पुरस्कार गरेर ९ लाख बराबरको पुरस्कार प्रदान गरिने नेसाका अध्यक्ष सुरज डंगोलले जानकारी दिए ।
पछिल्लो संस्करणमा ई-स्पोर्ट्स च्याम्पियनसिप मात्र आयोजना गरेको नेसाले यसपटक ई-स्पोर्ट्स एक्स्पो पनि आयोजना गर्ने भएको छ । नेपालमा ई-स्पोर्ट्सको व्यापार र यसको विस्तारमा रहेका सम्भावनालाई जनमानसमा पुर्याउने लक्ष्य लिएर यो एक्स्पो आयोजना गर्ने लागिएको संघका अध्यक्ष सुरज डंगोलले जानकारी दिए । विभिन्न खेल तथा पात्रको रुपधारण गर्ने ‘कस्प्ले’ प्रदर्शनीका साथै क्लासरुम रकर्स (ब्यान्ड प्रतियोगिता) पनि आयोजना हुनेछ । एक्स्पोबाट झन्डै १० हजार लाभान्वित हुने लक्ष्य नेसाले राखेको छ । च्याम्पियनसिप तथा एक्स्पो आयोजनाका लागि हामीले सम्पूर्ण इभेन्ट व्यवस्थापनका लागि माइससँग सम्झौता गरेको संघले जनाएको छ । नेपालमा ई-स्पोर्ट्सको सर्वोच्च निकायका रुपमा रहेको नेसाले अन्तर्राष्ट्रिय मान्यता पनि पाएको छ । पछिल्लो वर्ष इन्डोनेसियामा भएको एसियाली खेलकुदमा प्रदर्शनी खेलको रुपमा रहेको लिग अफ लेजेन्ड्समा भिएतनाममा भएको एसियाली छनोटमा सहभागिताका साथै गतवर्ष नै ताइवानमा भएको १० औं विश्व च्याम्पियनसिपमा नेसामार्फत नै सीएसगोमा नेपाली खेलाडीले प्रतिस्पर्धा गरेका थिए । यसपटक प्रतियोगिता आयोजनामा नेपाल ओलम्पिक कमिटिको पनि सहयोग रहेको छ ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.