6 years ago
October 25, 2019
नेपाल ई-स्पोर्ट्स संघ (नेसा) को आयोजना तथा माइस इन्टरनेसनलको व्यवस्थापनमा जारि च्याम्पियनसिपमा डोटा-२, काउन्टर स्ट्राइक ग्लोबल अफेन्सीभ (सीएस-गो), फ्रि-फायर र फिफामा सुरुवाती चरणका खेल सम्पन्न भएका छन् । फिफातर्फ क्वाटरफाइनल चरणका खेल सम्पन्न भएका छन् ।
डोटा र सीएसगो तर्फ पनि क्वाटरफाइनलतर्फ सबै खेल सम्पन्न भएका छन् । फ्रीफायरतर्फ भने अन्तिम चरणका खेल पनि सम्पन्न भएको छ । शनिबार सबै खेलको अन्तिम चरण खेल हुने प्रतियोगिता संयोजक विमल ताम्राकारले जानकारी दिए । च्याम्पियनसिपसँगै नेपाली ई-स्पोर्ट्ससँग सम्बन्धित विभिन्न सामाग्रीहरुको स्टल पनि एक्स्पोमा रहेको छ ।
झन्डै २५ संघसंस्थाले आफ्नो व्यापार प्रवर्द्धनका लागि एक्स्पोमा सहभागिता जनाएका छन् । काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारदेखि दुई दिनसम्म चल्ने च्याम्पियनसिप तथा एक्स्पोको उद्घाटन नेपाल ओलम्पिक कमिटिका अध्यक्ष माननीय जीवनराम श्रेष्ठले गरेका थिए ।अध्यक्ष श्रेष्ठले नेपालमा पनि बिस्तारै ई-स्पोर्ट्सको लोकप्रियता बढ्दै गएको जिकिर गरे । ‘ नेपालमा पनि ई-स्पोर्ट्सको विकास भइरहेको छ । अन्तर्राष्ट्रिय स्तरमा पनि नेसाले समन्वय गर्दै नेपालको प्रतिनिधित्व गर्दै आएको छ ।
ओलम्पिक कमिटि यस खेलको विकासमा कटिबद्ध छ,’ श्रेष्ठले भने । च्याम्पियनसिप अन्तर्गत डोटा च्याम्पियन डिसेम्बर ११ देखि १५ सम्म दक्षिण कोरियाको सोलमा हुने ११ औं विश्व च्याम्पियनसिपका लागि छनोट हुनेछ । अन्य सबै खेलको विजेताले नगद पुरस्कार प्राप्त गर्नेछन् । कस्प्ले भन्नाले ‘कस्टम प्ले’ अर्थात एनिमेसन र कार्टुन क्यारेक्टरको पहिरनमा सजिनु हो । सबै खेल गरेर झन्डै ५ सय खेलाडीले सहभागिता जनाएका छन् ।
पुरस्कार राशी : डोटा-२ : विजेता – ५० हजार, उपविजेता – २० हजार, सेमिफाइनल पुगेका दुवै टोलीलाई १०-१० हजार सीएस-गो : विजेता – ५० हजार, उपविजेता – २० हजार, सेमिफाइनल पुगेका दुवै टोलीलाई १०-१० हजार फिफा : विजेता – १० हजार, उपविजेता – ४ हजार, सेमिफाइनल पुगेका दुवै टोलीलाई २-२ हजार कस्प्ले : शीर्ष ५ मा पर्ने सबै विजेताले जनही १०-१० हजार फ्रि-फायर : विजेता – २० हजार, उपविजेता – १० हजार
नगद पुरस्कारसँगै विजेताहरुले विभिन्न छात्रवृत्ति तथा खेलसँग जोडिएका सामग्रीहरु प्राप्त गर्नेछन् । सबै पुरस्कार गरेर ९ लाख बराबरको पुरस्कार प्रदान गरिने नेसाका अध्यक्ष सुरज डंगोलले जानकारी दिए । एक्स्पोबाट झन्डै ८ हजार लाभान्वित हुने लक्ष्य नेसाले राखेको छ ।
नेपालमा ई-स्पोर्ट्सको सर्वोच्च निकायका रुपमा रहेको नेसाले अन्तर्राष्ट्रिय मान्यता पनि पाएको छ । पछिल्लो वर्ष इन्डोनेसियामा भएको एसियाली खेलकुदमा प्रदर्शनी खेलको रुपमा रहेको लिग अफ लेजेन्ड्समा भिएतनाममा भएको एसियाली छनोटमा सहभागिताका साथै गतवर्ष नै ताइवानमा भएको १० औं विश्व च्याम्पियनसिपमा नेसामार्फत नै सीएसगोमा नेपाली खेलाडीले प्रतिस्पर्धा गरेका थिए । यसपटक प्रतियोगिता आयोजनामा नेपाल ओलम्पिक कमिटिको पनि सहयोग रहेको छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]