default_image

6 years ago

November 5, 2019

लक्ष्मी बैंक गल्फ शनिबार

294 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – छैटौं संस्करणको लक्ष्मी बैंक ओपन गल्फ प्रतियोगिता शनिबार आयोजना हुने भएको छ ।

गोकर्ण गल्फ क्लबमा हुने प्रतियोगितामा महिला र पुरुष गरि एक सय भन्दा बढी खेलाडीले सहभागिता जनाउने छन् ।

प्रतियोगितामा उमेर र सिनियर दुवैको अलग अलग प्रतिस्पर्धा हुने छ । उमेर समुहमा यू१७ हुने छ । विजेता, उप विजेता, उत्कृष्ट ग्रोस, महिला विजेता, सिनियर विजेता, सिनियर उप विजेता,विनर गेष्ट क्याटगेरी, जुनियर विजेता, लन्गेष्ट विनरले पुरस्कार पाउने छन् ।

लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले गल्फ लगातार छ वर्षदेखि आयोजना गर्दै आएको र फुटबलमा लामो समयदेखि प्रायोजन गर्दै आएको बताए ।

‘ हामीले गल्फ आयोजना गर्दा व्यापारिक संस्थाहरुको आकर्षण कम नै थियो । अहिले धेरै भएको छ । नेपालको गल्फ विकासमा हाम्रो पनि साथ रहोस् भन्नका लागि निरन्तर आयोजना गरिएका छौं,’ उनले भने,‘ अर्को तिर बुढासुब्बा गोल्डकपमा भने हामी लामो समयदेखि सहकार्य गर्दै आएका छौं । ’

प्रतियोगितामो १० नम्बर होलमा होल इन वान गर्ने गल्फका लागि हुन्डाईको कोना गाडी पुरस्कारका रुपमा राखिएको छ । त्यो अहिले सम्म कुनै पनि होलको होल इन वानमा राखिएको सबैभन्दा महंगो गाडी रहेको गोकर्ण गल्फका सिनियर डाइरेक्टर दीपक आचार्यले बताए ।

२००२ मा स्थानपना भएको लक्ष्मी बैंकको देशभरमा १ सय १६ शाखा र १ सय ४० एटिएम रहेका छन् ।

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

Success

Thank you for your time.